धादिङबेसी माघ १३ । धादिङबेसीमा आज देखि ३ दिने कम्प्यूटर र सुचना प्रविधि सम्बन्धी तालिम सुरु भएको छ । जिल्ला विकास समिति धादिङको आयोजना तथा पत्रकार महासंघ धादिङको समन्वयमा तालिम सुरु भएको हो ।
धादिङबाट संचालनमा आएका अनलाइन मिडियामा काम गर्ने पत्रकारहरु सहभागि रहेको तालिम उद्घाटन गर्दै निमित्त स्थानिय विकास अधिकारी हरिपाटा मगरले जिविसको आयोजनामा अनलाइन मिडियामा काम गर्ने पत्रकारलाई गरिएको यो तालिम पहिलो भएको बताउनु भएको थियो । तालिमपछि धादिङबाट संचालनमा आएका अनलाइनहरु थप विस्वासिला र भरपर्दा हुने आसा राखियको समेत पाटामगरले बताउनु भएको थियो ।
उहाँले सुचना र प्रविधिको विकास सँगै अनलाइन मिडियाहरु मोवाईलबाट तत्काल समाचार हेर्न मिल्ने भएकाले सबैको रोजाई बन्दै गएकोले यो तालिम अनलाइन पत्रकारहरुलाई महत्वपूर्ण रहेको बताउनु भएको थियो ।
को हुन तालिमका सहज कर्ता के सिकाउदै छन् ।
प्रकाश खतिवडा
एलेक्जा, ब्ल्याक लिंक चेकर, गुगल पेज र्यांक स्टाटस, वेभ सर्च इन्जिन की वर्ड, कपी स्केप टुल्सलाई वेभ पेज र वेभ कन्टेन्टको सर्च इन्जिनमा सत प्रतिशत नतिजा दिलाउन सक्ने सर्च इन्जिन अप्टिमाइजेसनमाको दक्षताका रुपमा चिनिने नाम मध्यको नाम प्रकाश खतिवडा पनि हो ।
धादिङ खाल्टे निवासी खतिवडाले यो ३ दिन सर्च इन्जिनको विषयमा सहजिकरण गर्नु गर्नु हुने छ ।
विजय यादव
वेव डिजाईनरको रुपमा स्थापित विजय यादव व्यवसायीक वेव डिजाईनर हुनुहुन्छ । उहाँले यो ३ दिनमा वेवको प्रकार, पोष्ट, यसका ग्याजिट, सामान्य कोड ईडितबारे सहजिकरण गराउनु हुनेछ ।
