धादिङबेसी माघ ७ गते । राष्ट्रपति रनिङ शिल्डको लागि भएको धादिङ क्षेत्र नं. १ को खेल सकियो । प्रतियोगिता चुलीदेवि माध्यामिक विध्यालय सल्यानटारमा संचालन भएको हो ।
प्रतियोगितामा छात्र तर्फ तामाङ खर्क उच्च माध्यामिक विद्यालय गुम्दी प्रथम, बद्री विशाल उच्च माध्यामिक विद्यालय बुढाथुम दितिय र बसेरी माध्यामिक विद्यालय बसेरी तृतिय भएका छन् ।
यस्तै छात्रा तर्फ बसेरी माध्यामिक विद्यालय बसेरी प्रथम, बद्री विशाल उच्च माध्यामिक विद्यालय बुढाथुम दितिय र चुलीदेवि माध्यामिक विध्यालय सल्यानटार भएका थिए ।
कवर्डी छात्र तर्फ सल्यानटार उच्च माध्यामिक विद्यालय प्रथम, रानीपौवा उच्च माध्यामिक विद्यालय दितिय र चुली देवि मावि र बद्रिविशाद उच्च मावि तृतिय भएका थिए ।
त्यस्तै छात्रा तर्फ कवर्डीमा रानीपौवा उच्च मावि प्रथम, सल्यानटार उमावि दितिय र चुलिदेवि मावि र बद्रीविशाल उमावि तृतिय भएका छन् ।