संविधान संसोधनको प्रक्रिया आज देखि शुरु हुने

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ५, २०७२

काठमाडौं । व्यवस्थापिका संसदमा आजदेखि संविधान संसोधनको प्रक्रिया शुरु हुने भएको छ । संसद सचिवालयले आज दिउँसो १ बजे बस्ने बैठकमा नेपालको संविधान पहिलो संसोधन विधेयक २०७२ माथि दफाबार छलफल गर्नका लागि संविधान संसोधन विशेष समिति गठन सम्बन्धि प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।
आजको बैठकमा सभामुखले संसोधित संविधानका धारामा छलफलका लागि बिशेष समिति गठन गर्ने वा फुल हाउसबाटै प्रक्रिया अगाडी बढाउने २ मध्ये १ प्रक्रिया छान्नु हुनेछ । त्यसपछि संसोधन हालिएको धारामा छलफल भएसंगै संविधानको धाराहरु संसदको २ तिहाई बहूमतले पारित हुदै जाने संसद सचिवालयका प्रवक्ता डा भरत गौतमले जानकारी दिनुभयो ।
यस्तै आजको बैठकले संसद नियमावलि मस्यौदा समितिको लागि समय थप गर्ने छ । राजनितिक दलका विवादका कारण संसदको नियमावली निर्माण पनि अलमलिएको छ । दलहरुबीच सहमति भए एकै दिनमा नै संसोधन प्रक्रिया पुरा गर्न सक्ने संसद सचिवालयले जनाएको छ । तर, दलहरुबीच सहमति भइ नसकेकाले आजको वैठकमा संसोधन प्रक्रिया अगाडि बढ्नेमा अझै पनि अन्यौल भने कायम रहेको छ ।