धादिङपोष्टका सहकर्मी ठाकुर गुरुङ रेडियो बिहानीको स्टेशन म्यानेजर

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ५, २०७२

धादिङबेसी । विगत १३ महिना देखि धादिङबेसीबाट संचालनमा आएको धादिङपोष्ट डट कम (www.dhadingpost.com) का पत्रकार ठाकुर गुरुङ रेडियो बिहानी ९७.६ मेगाहर्जको स्टेशन म्यानेजर बन्नु भएको छ ।
रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको कार्य समितिको बैठकमा पूर्व स्टेशन म्यानेजर नारायण सिलवालले एकै व्यक्ति लामो समय सम्म बस्न उपयुक्त नहुने भन्दै आफ्नो विदाई र गुरुङलाई स्टेशन म्यानेजको प्रस्ताव गरे पछि गुरुङलाई उक्त वैठकले स्टेशनको जिम्मेवारी दिएको हो ।
स्टेशन म्यानेजर गुरुङ यस अघि रेडियो बिहानीको सह स्टेशन म्यानेजर हुनु हुन्थ्यो ।
विगत १० वर्ष देखि पत्रकारीता गर्दै रेडियो बिहानीको स्टेशनको भुमिका निभाउदै आउनु भएका नारायण सिलवाललाई विदाई गर्दै सहिद स्मृति संचार सहकारीका अध्यक्ष जगत सिंखडाले सिलवाल कार्य समितिमा रहनु भएकोले रेडियोमा उहाँको भुमिका झनै ठुलो भएको बताउनु भएको थियो ।
गुरुङ आदिवासी जनजाती पत्रकार महासंघ धादिङका अध्यक्ष, पत्रकार महासंघ धादिङको कार्य समिति सदस्य, क्रान्तिकारी पत्रकार संघ धादिङको कोषाध्यक्ष समेत हुनु हुन्छ हुनु हुन्थ्यो ।