अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति धादिङले सदस्य कुमारी तामाङ असाकयीक नीधन प्रति दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । नीलकण्ठ क्याम्पस ईकाई समितिका सदस्य कुमारी तामाङको असामयीक नीधनले संगठनलाई मर्महात बनाएको भन्दै आज एक विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको हो ।
अखिल क्रान्तिकारी धादिङका संयोजक मधव छत्कुलीको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । आन्दोदनको मोर्चाबाट हामीले एक ईमान्दा, र संगठन प्रति प्रतिवद्ध एक जना साथी गुमाएका छौ । संगठन प्रतिको आशा र भरोसालाई कुमारी तामाङको उदेश्य अनुरुप नै अगाडी बढाईने समेत छत्कुलीले विज्ञप्तीमा उल्लेख गर्नु भएको छ । भुमेस्थान गाउँ विकास समिति वार्ड नं. २ घर भै नीलकण्ठ क्याम्पस अध्ययनरत २२ वर्षिय कुमारी तामाङको २०७२ पौष २९ गते हृदयघातका कारण निधन भएको थियो ।




