घले समाज युएईद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट

Avatar photo
Dhadingpost
सोमवार, माघ ४, २०७२

हरि नेपाली/ दुबई / लिःल फङ घले समाज युएईले ल्होसारको अवसरमा शुक्रबारका दिन युएईको राजधानी अबुधावी स्थित हेरिटेज गार्डेनमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
घलेहरुको महान् चाड ल्होसार (नयाँ वर्ष) प्र ल्हो (बाँदर वर्ग) को उपलध्यक्षमा लिःल फङ घले समाज युएईले आयोजना गरेको “शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम” समाजका अध्यक्ष नरबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको थियो । युएईमा सक्रिय सम्पुर्ण संघसंस्था एवं समाजका प्रतिनिधी, समाजसेवी तथा व्यवसायीहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको महासचिव रणबहादुर घलेले संचालन गरेका थिए । उक्त कार्यक्रममा घले समाज युएईका उपाध्यक्ष गंगा घले, निशान घले, प्रमुख सल्लाहकार गोपी घले लगायतले शुभकामना मन्तव्य राखेका थिए । साथै उपस्थित सवैजनाले एकआपसमा घले ल्होसारको शुभकामना आदानप्रदान गरेका थिए ।
उक्त कार्यक्रममा लिःल फङ घले समाज युएईले चिनो स्वरुप लिःल फङ घले समाज केन्द्रिय कार्यालयलाई एक थान ल्यापटप कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुङ युएईका अध्यक्ष निमा शेर्पा मार्फत हस्तान्तरण गरिएको घले समाज युएईका अध्यक्ष नर बहादुर घलेले जनाएका छन् ।