एमाओवादी धादिङद्वारा नौं जना नेतालाई पार्टी सदस्यता समेत नरहने गरी कार्वाही

Avatar photo
Dhadingpost
आइतवार, माघ ३, २०७२

धादिङबेसी । एमाओवादी धादिङले ९ जना जिल्ला सदस्यहरुलाई पार्टी सदस्यता समेत नरहने गरि कार्वाही गरेको छ । शनिवार बसेको एमाओवादी जिल्ला समिति धादिङको बैठकले ९ जना जिल्ला समिति सदस्यहरुलाई पार्टी सदस्यता समेत नरहने गरि कार्वाही गरेको हो ।
३ नम्बर प्रदेशका सेक्रेटरी नारायण दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त वैठकले पर्टी विधान बाहिर गई पार्टीको हित विपरित कार्यगरेको भन्दै कार्वाही हुनेमा उपाध्यक्ष राजु नेपाल जिल्ला कोषाध्यक्ष वीरबहादुर तामाङ समेत परेका छन् ।
एक महिना पहिला नयाँ शक्ति अभियानमा लागेका जिल्ला कमिटि सदस्यलाई कार्वाही तयारी स्वरुप एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले पत्र नै पठाई स्पटीकरण सोध्नु भएको थियो । केहि कमरेडहरुले स्पष्टिकरण लिनु भयो जो साँच्चै कथित नयाँ शक्ति तिर लाग्नु भयो उहाँहरुले स्पटिकरण दिनुभएन उनीहरुलाई कार्वाही गरिएको अध्यक्ष भण्डारीले धादिङ पोष्टलाई बताउनु भयो ।
अन्य कार्वाही पर्ने जिल्ला समितिका सदस्यहरुमा राम ढकाल(ऋतिक), सृजना रिजाल(प्रभा), महेन्द्र तिमल्सिना(परिवर्तन), सुदर्शन खतिवडा(कोपिला), आकाश पुडाशैनी, पूमोद पोखरेल(साहास) र धुर्व थापा रहेका छन् ।
त्यस्तै बैठकले रिक्त खाली ठाउँहरुमा भरत कोईराला, अर्जुन खतिवडा, हरि विश्वकर्मा, होम बहादुर ढकाल, तेजबहादुर भण्डारी, तिलक चेपाङ रहेका छन् ।
यस्तै बैठकले ४ जना दिपक लामिछाने, चन्द्रबहादुर सिलवाल, धुर्व सुवेदी र दिपा सिंखडालाई जिल्ला सचिवालयमा लगेको छ । एमाओवादी धादिङमा ५१ जना जिल्ला सदस्यहरु रहेका छन् ।