धादिङको धुवाकोट, खाल्टे र ढोलामा गोरु जुधाई माधेसक्रान्ति मनाईयो

Avatar photo
Dhadingpost
शनिबार, माघ २, २०७२

धादिङबेसी । माधेसक्रान्तिको अवसरमा हरेक वर्षझैं यसवर्ष पनि धादिङको खाल्टेको फ्याक्से , धुवाँकोट, ढोला र नुवाकोटको तारुकामा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । चमेरे गुफा संरक्षण समाजको आयोजनामा भएको गोरु जुधाई प्रतियोगितामा गरिएको हो ।
खाल्टे गाविसमा १० हल गोरु जुधाइयो, प्रतियोगितामा विजयी र सहभागि गोरुका धनिहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । विजयी गोरुको धनीलाई १३ सय र सहभागी गोरुका धनीलाई ७ सय र बराबरीमा टुङगीने गोरुका धनीहरुलार्ई १ हजार नगद सहित पुरस्कृत गरिएको आयोजक समितीका विष्णु प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
त्यस्तै ढोला गासिवसमा पनिे गोरु जुधाई प्रतियोगितामा सम्पन्न भएको थियो । प्रतियोगितामा ७ हल गोरु जुधाईएको थियो । स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनका साथै परम्परा जोगाउँदै रमाइलोका लागि गोरु जुधाउने गरिएको आयोजकहरुले बताएका छन् । तारुका ५चन्दनी स्थित कटरबोट पाटोमा यसवर्ष १५ हल गोरु जुधाइएको थियो ।
माघे संक्रान्तिका अवसरमा प्रत्येक वर्ष तारुकामा परम्परागत गोरु जुधाई प्रतियोगिता आयोजना हुँदै आएको छ । यसपटक गोरु जुधिरहँदा स्थानीय स्वयंम्सेवीका दुई समूह पनि एक आपसमा भीडन्त गर्न अघि सरे । तारुका २ का विष्णु बख्रेललाई अर्को पक्षमा विष्णु श्रेष्ठले आक्रमण गरेपछि झडप सुरु भएको थियो । घाइते बख्रेलको शरिरको पछाडी पट्टीको भाग र हातमा चोट लागेको थियो ।