धादिङ कुम्पुरका राम घले नाटा चुनावमा कोषाध्यक्षको उम्मेदवार

Avatar photo
Dhadingpost
बिहिबार, पुस ३०, २०७२

धादिङ । धादिङ कुम्पुरका रामबहादुर घलेले जनवरी १७ तारिखमा हुन गईरहेको (नाट्टा) निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको छ ।
सन् १९९७ सालमा पर्यटन क्षेत्रमा प्रवेश गरेका घले सम्भूराज पाठक समूहबाट नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट् (नाट्टा) निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको हो ।
ट्राभल, टुर क्षेत्रमा घलेसँग लामो अनुभव छ । पर्यटनमा लाग्ने क्रममा घलेले घले ट्रेक्स र लिबर्टी होलिडे नामक संस्था सञ्चालन गर्दै आउनु भएको छ ।
सामाजिक क्षेत्रमा काम गर्दै समाजसेवीको भुमाकामा रमाउन चाहाने घलेको सम्भूराज पाठक समूहमा निकै सक्रिय भुमिका खेल्दै आगामी दिनमा नाट्टालाई नयाँ उचाई दिने बृहत सोच छ । ‘संस्थालाई नयाँ ढंगबाट अघि बढाउँदै मुलुकको पर्यटन विकासमा योगदान पु¥याउने मेरो अठोट हो ।’ यसका लागि अन्तर्राष्ट्रिय प्रवद्र्वनमा विशेष जोड दिने, विदेशी विभिन्न ट्राभल मार्टहरुसँग सहकार्य गरेर प्रवद्र्वन अघि बढ्ने, पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डका साथै सरोकारवाला विभिन्न निकायहरुसँग सहकार्य गर्दै पर्यटन विकासलाई गति दिने आफ्नो अठोट रहेको घलेले बताउनु भयो ।