न्यानो कपडा माग्दै गाविस घेराउ

Avatar photo
Dhadingpost
बिहिबार, पुस ३०, २०७२

हरिहरसिंह राठौर धादिङ– चेपाङ र दलित समुदायले न्यानो कपडा माग्दै बुधबार गाविस घेराउ गरेका छन् । न्यानो कपडा वितरण गर्न आएको संस्थालाई स्थानीय प्रशासनले रोक लगाएपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।
भूकम्पपीडितलाई सरकारले दिएको न्यानो कपडाबापतको नगद अरू गाविसमा बाँडिसकिएको छ । तर ७ सय घरधुरी चेपाङ भएको जोगीमारामा अहिलेसम्म बाँडिएको छैन । जोगीमाराका १७ सय परिवारमध्ये १५ सय ४६ घर पूर्णक्षति भएको तथ्यांक छ । गत २४ गते जोगीमारा गाविसका १७ सय घरधुरीलाई फाया नेपालले न्यानो कपडाका लागि पसलमा लैजाने कुपन वितरण गर्न ३ वटा केन्द्र तोकेर लामबद्ध गराएको थियो । ‘फायाले १० हजारको कपडा किन्ने कुपन दिने सर्कुलर गरेर भूकम्पपीडितलाई दिनभर लाइनमा राखेको थियो । स्थानीय प्रशासनले अनुमति नदिएपछि रोक्नुपर्‍यो,’ जोगीमाराका नासु परशुराम घिमिरेले बताए । कान्तिपुर दैनिक