तिप्लिङकी २५ वर्षे सम्झना तामाङले भनिन् महराएकी छैन ।

Avatar photo
Dhadingpost
सोमवार, पुस २७, २०७२

कुवेत, पुस २७ – कुवेतमा एक वर्षदेखि बेपत्ता धादिङको तिप्लिङकी २५ वर्षे सम्झना तामाङ सम्पर्कमा आउनु भएको
छ । उहाँ बेपत्ता भएको समाचार प्रकाशित भएपछि आफ्नो बारेमा परिवारले चिन्ता लिएको थाहा पाएपछि फोन गर्नु भएको हो ।
उहाँ अहिले कुवेतको मंगफमा साथीहरुसँग बसिरहनु भएको छ ।
उहाँले आफ्नो फोन हराएको र घरको नम्बर बिर्सिएकाले फोन गर्न नसकेको बताउनु भएको छ । कुवेत पुगेको चार महिनासम्म साहुले तलब दिएपनि त्यसपछि तलव नदिएको र तलव माग्दा साहुले यातना दिएको, मोवाईल पनि हराएकाले कसैसँग कुरा गर्न नसकेको उहाँले बताउनुभयो ।
‘अप्ठेरोमा परेर फोन गर्न सकिन । म चाहेर यसरी बसेकी होइन् । पहिला कमाउँदा चार महिनाको तलव श्रीमानलाई पठाएकै थिएँ । तर अहिले श्रीमानले पनि सौता ल्याएछन् । घरमा छोराछोरीको बिजोग भएछ । अव जति सक्दो चाँडै नेपाल फर्किन चाहान्छु ।’ सम्झानाले सुनाउनुभयो ।
आफ्नो कागजात कुवेती घर मालिकसँग भएका कारण सम्झना नेपाल फर्किन नसक्नु भएको हो । उहाँसँग नागरिकता मात्रै छ । कागजात नभएपछि घर फर्किन कुवेत प्रहरीलाई १७ हजार रुपैयाँ दिएपनि प्रहरीले १८ दिन चौकीमा राखेर जहाँबाट आएको हो त्यहिँ जानु भनेपछि उहाँ नेपाल फर्किन नसक्नु भएको हो ।
नुवाकोट त्रिशुलीका हिरामान तामाङ र किरण तामाङलाई १ लाख ५० हजार रुपैयाँ बुझाएर भारतको बाटो हुँदै २०७१ साउनमा आफू कुवेत आइपुगेको सम्झनाले बताउनुभयो । त्यसको चार महिना पछि उहाँ बेखबर हुनुभएको थियो ।
अवैधानिक रुपमा बस्दै आएकी सम्झनाले आफूलाई नेपाल फर्काउन सहयोग गरिदिन आग्रह पनि गर्नु भएको छ । कुवेत सरकारले आइतबार कुवेतमा अवैधानिक रुपमा कार्यरत विदेशी कामदारलाई आममाफी दिने घोषणा गरेको छ । यो निर्णयले भने सम्झनालाई पनि घर फर्किन सजिलो हुनेछ ।
उहाँ बेखबर भएपछि धादिङमा श्रीमानले कान्छी भित्र्याएका छन् भने बालबच्चाको बिजोग भएको छ । उहाँका १० वर्षिय एक छोरी, ७ वर्षिय र ३ वर्षिय छोरा छन् । उज्यालो अनलाईनमा लामा भाइले खवर लेख्नु भएको छ ।