सैनिक श्रीमती संघले जोगीमारा चेपाङलाई न्यानो कपडा

Avatar photo
Dhadingpost
आइतवार, पुस २६, २०७२

हरिहरसिंह राठौर जोगीमारा(धादिङ), पुस २६ । नेपाली सेनाको सैनिक श्रीमती संघले जोगीमाराका भूकम्प पीडितलाई आइतबार खाद्य सामाग्री तथा कम्बल वितरण गरेको छ । जोगीमारा–५ का डेढ सय घरमूलीलाई खाद्य सामाग्री, न्यानो कपडा वितरण गरिएको छ ।
सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्री लगायत पदाधिकारीहरुले चेपाङ समुदायका सुत्केरी तथा असक्त महिलाहरुलाई भोजन समेत गराएका छन् । उक्त वडाका ६ सय ५२ घरधुरी मध्ये १ सय ५० घरधुरी चेपाङको छ ।
सैनिक महिला संघको न्यानो कपडा वितरण कार्यक्रममा पुगेका प्रधानसेनापति रमिन्द्र श्रेत्रीले चेपाङ्ग लगायतका सीमान्तकृत र लोपोन्मुख समुदायका युवाहरुलाई नेपाली सेनामा भर्ना लिँदा नेपाली सेनाले सधैं प्राथमिकता दिइने बताए । ईकान्तिपुर