राष्ट्रियता बचाउन सबै एकजुट होऔं – बुदिमान तामाङ

Avatar photo
Dhadingpost
आइतवार, पुस २६, २०७२

धादिङबेसी पुस २६ । पूर्व गृहमन्त्रि बुद्धिमान् तामाङले मुलुका देखिएको संकट समाधानको लागि सबैदलहरु मिल्न नसकेकोले तलैदेखि दबावको आवश्यकता रहेको बताउनु भएको छ ।
शिवज्योति सहकारी शिवज्याति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको नव निर्मित भवन उद्याटन नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा तामाङले भारतिय नाकाबन्दी र मुलुकामा दिएको समस्यालाई मध्यनजर गर्दै यस्तो बताउनु भएको हो ।
उहाँले सत्तामा को छ भन्दा पनि समस्या आम लेपालीको भएकोले राष्ट्रियता बचाउन सबै एकजुट हुनु पर्ने बताउनु भएको थियो । सहकारीका अध्यक्ष शान्तिमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको भवन उद्याटन नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा कार्यक्रमका प्रमुख अथिति एवं पुर्व गृह मन्त्रि बुद्धिमान तामाङबाट नीलकण्ठ ३ शान्ताबाजारमा रहेको सहकारीको नव निर्मित भवनको उद्घटन गरिएको छ ।
भवन उद्याटन पछि सहकारीका सचिव नर्मदा खतिवडाले सहकारीले वर्षभरि गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको छ । प्रतिवेदनमा प्रस्तुत भएअनुसार हाल सहकारीमा ६ सय ४ जना शेयर सदस्या रहेको जसमा बाल सदस्य १ सय ९३ जना रहेको छ ।
कार्यक्रममा असल ऋणिहरुलाई सम्मान र २०७१ सालको एस.एल. सी परिक्षमा उत्कृष्ट श्रेणीमा उत्र्तिण भएका ६ जना बाल बचत कर्ता र अन्य ४ जना गरि १० जनालाई १ हजार ५ सय नगद रकम र प्रशंसापत्रले सम्मान गरिएको थियो ।