भारी मतले बोदनाथ दुवाडी विजयी प्रतिद्वण्दी बस्नेतको मात्र ५८ मत (कस्को कति मत विवरण सहित)

Avatar photo
Dhadingpost
शनिबार, पुस २५, २०७२

धादिङबेसी पुष २५ गते । धादिङ उद्योग वाणिज्य संघको २२ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेसनबाट बोदनाथ दुवाडीको प्यानल विजयी भएको छ । अध्यक्षका उम्मेदवार दुवाडीले ४०७ मत ल्याई बिजयी हुनु भएको हो । उहाँको प्रतिद्वण्दी अशोककुमार बस्नेतले मात्र ५८ मत ल्याउनु भएको छ ।
उद्योग वाणिज्य संघ २७ जनाको कार्य समितिको निर्वाचन हुने भए पनि निर्विरोध हुन नसकोको १ अध्यक्ष सहित १६ सदस्यको लागि मतदान गराईएको थियो । अध्यक्ष सहित १६ सदस्य नै बोदनाथ प्यानलले जितेको छ ।
बोदनाथ दुवाडी प्यानललाई एमाओवादी सहित विप्लव, वैद्य माओवादी, काँग्रेस र राप्रपा लगायत दलनीकट व्यवसायीहरुले सघाएका थिए भने एमाले र नयाँ शक्ति निकट व्यवसायीहरुको तर्फबाट अशोक बस्नेतको प्यानल बनाईएको थियो ।
कस्को कति मत विवरण