शिक्षाका तीन खम्बा सक्रिय पार्न खेलकुद उत्सव – कोईराला

Avatar photo
Dhadingpost
बुधबार, पुस २२, २०७२

1धादिङबेसी । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आयोजना गरेको खेलकुद उत्सवमा अभिभावकहरुले समेत भाग लिएका थिए । बिध्यार्थीहरु बीच चलाईएको खेलकुद उत्सवमा शिक्षक र अभिभावकहरुलाई समेत विभिन्न प्रतियोगितामा सहभागि गराईएको हो ।
आफ्ना छोरा छोरी कतिमा पढ्छन् त्यहि अनुुसार अभिभावहरु प्रतियोगितामा भाग लिएको विध्यालयका कार्यकारी निर्देशक विष्णु कोइरालालले धादिङपोष्टलाईजानकारी दिनुभयो । उहाँले शिक्षाका तीन खम्बा सक्रिय नहुँदा सम्म गुणस्तरीय शिक्षा दिन नसकिने हुँदा यी तीन खम्बा (अभिभावक, शिक्षक र विध्यार्थी) लाई सक्रिय बनाउन खेलकुद उत्सव गरिएको बताउनु भयो ।
निर्देशक कोईरालले विध्यार्थीलाई त खेलकुद पठ्यक्रम बनाएर निरन्तर चलाईए कै छ तर शिक्षक र अभिभावकलाई समेत सक्रियता गराउन उत्सव आयोजना गरिएको बताउन् भयो ।
१ सय भन्दा बढि विधाका खेलहरु संचालन गरिएको उत्सवमा ५सय ९७ अंक ल्याई हरियो सदन प्रथम भएको थियो भने ५ सय ५७ अंक ल्याई निलो सदन दोस्रो भएको थियो ।
पुरस्कृत अभिभाव, शिक्षक र विध्यार्थी सबैलाई एक विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको खेलकुद विधाका शिक्षक अमृत तामाङले बताउनु भयो ।