आम्दानी सजह बन्दैछ गङ्गा लम्साल को

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २१, २०७२

सुबाश खतिवडा(धादिंग) | धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नं ९ धारापानी बस्ने बर्ष४७ कि गङ्गा लम्सालको घरमा ५ जना सदश्य छन् | उनि एक्सन नेपाल द्वारा संचालित साना किशान उद्यमी सवलिकरण परियोजना अन्तर्गत मुरलिभंज्यांग मा गठित धारापानी महिला समुहकी सदश्य हुन् |
लामो समय देखि कृषि पेशा मा आवदित गङ्गा को घरपरिवार कृषि पेशा बाटै चलिरहेको बताउछिन | जिल्ला सदरमुकाम नजिकै भएपनि जिल्ला स्थित सेवा प्रदायक तथा पशु सेवाकार्यालयबाट पशु पालन सम्बन्धि कुनै पनि सेवा सुविधा पाउन सकेको थिएन | सुरुमा पशु लाइ नुन खुवाउन हुदैन खोक्छ भन्ने चलन थियो, हामीलाई कोशे अकोशे घास मिलाएर खुवाउनु पर्छ भन्ने थाहा थिएन कहिले पराल त कहिले जंगलको स्याउला अनि प्राकृतिक झार को भर मात्रै थियो |
जसले गर्दा मिहेनत अनुसार को आम्दानी गर्न सकिरहेको थिएन |अन्य आम्दानीको श्रोत नभएका कारण घर खर्च चलाउन नि गारो भएको अबस्था मा जब साना किशान उद्यमी सवलिकरण परियोजना मुरलिभंज्यांगमा आवद्धित भए मेरो जीवन को बाटो नै फेरियो | समूह गठन संगै बचत गर्ने बानि को बिकाश, संस्था बाट पाएको नया नया ज्ञान, शिप, प्रविधि तथा अन्य पटोहरुले आफु लगायत सिंगो समूह नै आर्थिक तथा सामाजिक क्षेत्रमा मजबुत हुदै गएको बताए |
आधारशिला, समूह ब्यबस्थापन, पशु ब्यबस्थापन, करेसाबारी ब्यबस्थापन, घास ब्यबस्थापन, पोषण शिक्षा, महिला पुरुष सम बिकाश जस्ता तालिममा सिकिएका कुरा हरु बाट उत्प्रेरित हुदै प्रगतिको फड्को मा आउन सफल भएको बताइन | पशुको खोर ब्यबस्थापन, नश्ल सुधार, आहारा ब्यबस्थापन, खनिज ढीक्का को प्रयोग संगै साना तथा ठुला पशु को उत्पादन, प्रजनन, बृदिबिकास, लगायत हरेक तवरमा आएको नतिजा प्रति ज्यादै खुशी छिन |
हाल ३ वटा माउ बाख्रा,६ वटा पाठापाठी,र २ वोटा खसी र ८ वोटा ठुला पशु पालिरहेकी छिन | गङ्गा लम्साल भन्छिन र एक्सन हेफर इन्टरनेशनल नेपालले ल्याएको यस कार्यक्रम ले सिंगो मुरलिभंज्यांगका स्थानीय मात्र नभई छिमेकि गा.बि.सका.स्थानीय कृषकहरुमा पनि अनुसरण गर्ने तथा आफ्ना आयआर्जनमा सुधार ल्याउनमा सहयोग पुगेको र सम्पूर्ण कृषक हरुको हित मा आएका संस्था र कर्मचारी हरु प्रति कृतज्ञता ब्यक्त गर्दै आउदा दिनहरुमा आफु थप योजना का साथ उद्यमी बन्दै नमुना कृषक को रुपमा आगाडी आउने चाहना रहेको जनाकारी दिनुभयो |