जापान र दक्षिण कोरियाबीच ऐतिहासिक सम्झौता

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १४, २०७२

एजेन्सी । जापान र दक्षिण कोरियाबीच यौनदासीका विषयलाई लिएर ऐतिहासिक सम्झौता भएको छ । दोस्रो विश्वयुद्धका क्रममा जापानले सैन्य वेश्यालयमा महिलामाथि गरिएको जबरजस्ती यौन शोषणलाई लिएर माफि मागेको छ ।
उसले पीडित महिलालाई ९० लाख डलर क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको छ । दोस्रो विश्वयुद्धका क्रममा जापानले ठूलो संख्यामा दक्षिण कोरियाली महिलालाई सैन्य वेश्यालयमा वेश्यावृद्धिका लागि बाध्य बनाएको थियो ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले यो सम्झौताको स्वागत गर्दै यसले दक्षिण कोरियासँगको नयाँ सम्बन्ध सुरुआत भएको बताउनु भएको छ । दक्षिण कोरियाले यस विषयमा जापानले माफी माग्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएको थियो । जापान र दक्षिण कोरियाबीच सन् १९६५ पछि पहिलो पटक यो सम्झौता भएको हो ।