अखिल क्रान्तिकारी नीलकण्ठ क्याम्पसमा राज गुरुङ निर्वाचित

Avatar photo
Dhadingpost
सोमवार, पुस १३, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी । अखिल क्रान्तिकारी नीलकण्ठ बहुमुखि क्याम्पसको पाचौ सम्मेलनले नेत्रराज गरुङलाई अध्यक्षमा चयन गर्दै २२ सदस्यीय कार्य समिति गठन गरेको छ ।
एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्मेलनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा विमल तामाङ, सचिव राजेन्द्र गुरुङ, सहसचिव लक्ष्मी गुरुङ र कोषध्यक्षमा रञ्जना रिजाललाई चयन गरेको छ ।
यसै गरि कार्य समिति सदस्यहरुमा कल्पना धमला, कविराज लामिछाने, मेनुका मगर, अरुणी गुरुङ, लक्ष्मी श्रेष्ठ, श्याम विश्वकर्मा, जितेन्द्र लम्साल, रामबहादुर तामाङ, चित्रराना मगर, बिजय थापा मगर, दुर्गा श्रेष्ठ, रुपा पाख्रिन, कुमारी तामाङ, बिमला श्रेष्ठ, आईतिमायाँ तामाङ र अनुप भट्ट चयन भएका छन् ।
नवगठित कार्य समितिलाई बधाई एवम् धन्यावाद दिदै प्रमुख अतिथि रामबहादुर भण्डारीले अखिल क्रान्तिकारीले शैक्षिक आन्दोलनको नेतृत्व गरि रहेको दावी गर्दै शिक्षा क्षेत्रमा देखिएको अन्याय, अत्याचार र विकृत्यको अन्यका लागि संगठनले थप ससक्त आन्दोलन गर्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा एमाओवादी धादिङका सह सचिव मनराज भण्डारी, जिल्ला कमिटी सदस्य अमृत तामाङ र अखिल क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समितिका संयोजक माधव छत्कुली लगाएतको आतिथ्यता रहेको थियो ।
सम्मेलनले गणेश घिमिरे, चन्द्र लामा, रामचन्द्र नेपाल र हरि विक रहेको सल्लाहाकार समिति समेत गठन गरेको छ ।