एमाओवादी धादिङले मनायो १२२ औं माओ जयन्ती

Avatar photo
Dhadingpost
शनिबार, पुस ११, २०७२

aa copyधादिङबेसी । एमाओवादी धादिङले कम्युनिष्ट आन्दोलनका चर्चित तथा चिनियाँ साम्यवादी नेता माओको जन्मोत्सव अन्तरक्रिया कार्यक्रम मनाएको छ । जनवादी क्रान्तिका नेता तथा सर्वहारा अगुवा आन्दोलनका नेता माओत्सेतुङ्को १ सय २२ ओं जन्म जयन्तीको अवसरमा धादिङ बेसीस्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरी माओ जयन्ती मनाएको हो ।
कार्यक्रममा एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले माओ बिचार धारा अनुसार नै नेपालमा जनयुद्ध सफलभएको र वर्गिय मुक्ति आन्दोलन पनि माओ बिचारबाटै सम्भव हुने बताउनु भएको थियो ।
उहाँले सम्पूर्ण कम्युनिष्टहरु एकभई माओ बिचारधारालाई सहि ढंगबाट अगाडीबढाउनु पर्ने भन्दै माओको चर्चा गर्नु भएको थियो । कार्यक्रममा एमाओवादी धादिङका सह सचिव मनराज भण्डारी, जिल्ला सल्लाहकार माणिकलाल श्रेष्ठ, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव शंकर अधिकारी, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दिपक विश्वकर्मा लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रमको संचालन सचिव धनबहादुर बुर्लाकोटीले गर्नु भएको थियो ।
सन १८९३ डिसेम्बर २६ तारिखका दिन अध्यक्ष माओको जन्म हुनान प्रान्तको साओसान गाँउमा भएको हो । उहाँको मृत्यु १९७६ सेप्टेम्बर ९ तारिखमा भएको थियो । रसिया र जर्मनीमा उठेको कम्युनिष्ट आन्दोलनलाई चिनिया मोडलमा दिर्घकालिन जनयुद्धको रुपमा कार्यन्वयन गरेर उहाँले चिनमा कम्य’निष्ट शाशन स्थापना गर्नु भएको थियो ।