साउदी अरेबियाका महिलाहरुले पहिलो पटक मतदान गर्दै

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २७, २०७२

रियाद / साउदी अरेबियाका महिलाहरुले शनिबार पहिलोपटक मतदानको अधिकार प्रयोग गर्दैछन्।

महिलालाई सवारी चलाउने समेत अनुमति नभएको साउदी अरेबियाका महिलाहरुले नगर परिषदको निर्वाचनमा मत दिन लागेका हुन्। उनीहरुले शनिबार मतदान त गर्ने मात्रै होइन चुनावमा प्रतिष्पर्धा पनि गर्दैछन्।

५९३८ पुरुषसँग आफ्नो लोकप्रीयता जाँच गर्न ९७८ महिला चुनावी मैदानमा उत्रिएका छन्। तर महिला मतदाताको संख्या भने उल्लेखनीय छैन। १३ लाख पुरुष मतदाताले आफ्नो नाम दर्ता गराएका छन्, जहाँ महिलाको संख्या १ लाख ३० हजार मात्रै छ।

साउदी अरबको इतिहासमा यो तेस्रो निर्वाचन हो।