सञ्जय देवकोटा,
धादिङबेसी । न्यु किबो बोर्डिङ स्कुल स्काउट सर्कलले मृगौला रोगका पीडित रामकृष्ण रिजाललाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ ।
धादिङबेसी पुछारबजार स्थित यस किबो बोर्डिङमा कक्षा नर्सरी अध्ययनरत सृष्टी रिजाल र कक्षा तीनमा अध्ययनरत शिसिर रिजालका पिता रामकृष्ण रिजालको अचानक दुबै मृगौला फेल भएपछि उपचारको लागि नगद सहयोग गरेको हो ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेको कारण मृगौला प्रत्यारोपणका लागि आर्थिक अवस्था कमजोर भएकाले विद्यालयमा गठित स्काउट सर्कलको सक्रियतामा १३ हजार ७ सय सत्तरी रुपैया सङ्कलन गरिएको थियो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापक प्रयाश रेग्मीले पीडित रामकृष्ण रिजालका पिता देवी प्रसाद रिजाललाई स्व रकम हस्तान्तरण गरिएको हो । मृगौला प्रत्यारोपणका लागि भारत लैजानुपर्ने भएकाले पीडित रिजालका पिताले स्व कार्यक्रममा सहयोग गरिदिएकोमा विद्यालयप्रति आभार व्यक्त गरेको बताएका छन् साथै सबैबाट यस दुःखद घडिमा सहयोगको अपेक्षा गरेको पनि प्रस्ट पारेका थिए ।
यसैविच विद्यालयका प्रधानाध्यापक प्रयाश रेग्मीले पीडित रामकृष्ण रिजालकी कक्षा नर्सरीमा अध्ययनरत छोरी सृष्टी रिजालको कक्षा दशसम्मको मासिक शुल्क मिनाह गरिदिने घोषणा गराउनुभयो ।