धादिङको आसिखोला र दर्बुङघाटमा जात्रा लाग्यो (मेला फोटो फिचर)

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २४, २०७२

धादिङबेसी । आज धादिङका भिन्दा भिन्दै ठाउँमा रहेको आसिखोला मन्दिर र दर्बुङघाटमा मेला लागेको छ । यी दुबै ठाउँमा हजारौ भक्तजनहरुले आफ्ना मरेका अभिभावकहरुको नाममा सतबिज छरेका छन् ।
धादिङबेसीमा रहेको आसिखोला मन्दिर र मैदी गाविस र गोरखाको सिमानामा रहेको दर्बुङघाटमा हरेका बर्ष बालाचतुर्दशीमा एकै पटक मेला लाग्ने गर्छ ।
सनातन हिन्दू धार्मिक परम्परा अनुसारका विभिन्न चाडपर्वहरु मध्ये बाला चतुर्दशी पर्व पनि एउटा महत्वपूर्ण धार्मिक पर्वको रुपमा मानिन्छ । मंसिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीको दिन बाबुआमा तथा आफन्तहरुको मृत्यू भईसकेपछि आत्माको उद्दारका निम्ति धार्मिक स्थलहरुमा सतबिज छर्ने चलन अनुसार यी दुई मन्दिरमा हिजो बेलुका देखि आज बिहान सम्म मेला लागेको हो ।
के हो सत बिज
बोलीचालीको भाषामा सतबिज छर्ने कार्यलाई सतबिउ छर्ने पनि भनिन्छ । सतबिज भन्नाले सयवटा जात प्रजातका बिउहरु भन्ने बुझिन्छ । ’शत्’ को अर्थ सय र ’बीज’ को अर्थ बीउ हुन्छ । सय जातका बिउ भनिए पनि खासगरी धान, जौ, गहुँ, चना, तिल, कागुनो र मकैको बिउ मिसाएर शिवालय वरिपरि घुमेर छर्ने गरिन्छ ।
सतबिउ छर्नुको मुख्य कारण चैं पितृहरुले जस्तोसुकै कर्म गरेर गएका भए पनि कहिल्यै पनि भोकै बस्नु नपरोस्, अन्नको कमि नहोस् भन्ने हो । सतबिजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागति, निबुवा, बिमिरो र अमला लगायतका फल र विभिन्न जातका फूलहरू मिसाएर छर्ने गरिन्छ ।
धादिङबेसी स्थित आसिखोला मन्दिरमा देखिएको दृश्य
OLYMPUS DIGITAL CAMERA