ग्रामिण यातायातको गाडी ग्रामिण क्षेत्रमा नचलाउन मन्त्रालयको निर्देशन

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २३, २०७२

12धादिङबेसी । नेपालकै नमुना यातायात सहकारी संस्था लिमिटेड ग्रामिण यातायातलाई ग्रामिण क्षेत्रमा गाडी चलाउन नपाउने ।
नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात मन्त्रालय अन्तरगत यातायात व्यवस्था विभागले निर्देशन गर्दै ग्रामिण यातायातलाई ग्रामिण क्षेत्रमा बस संचालन नगर्न निर्देशन गरेको हो ।
धादिङ यातायतले मात्र बस संचालन गरि रहेका ग्रामिण सडकहरुमा ग्रामिण यतायातले पनि बस संचालनमा ल्याएपछि आफुले मात्र बस संचालन गर्न पाउनु पर्ने भन्दै आन्दोलनलाई सम्बोधन गर्दै व्यवस्था विभागले यस्तो निर्देशन गरेको हो ।
यातायातमा सिण्डिकेटको अन्त्य गर्ने लक्ष्य लएको सरकारको कै एउटा अंगले यस्तो निर्देशन दिएपछि यातायातमा स्वस्थ प्रतिस्पर्दा गर्न पाउनु पर्ने माग ग्रामिण यातायातकोे माग गरेको छ । दशै देखि ग्रामिण रुटहरुमा विस्तार भएको ग्रामिण यातायतको गाडीले गर्दा भाडामा छुट भएको र प्रतिस्पर्दा भए यात्रुहरुलाई पनि सहज भई रहेको अवस्थामा यस्तो निर्णय आउनु गलत भएको स्थानियहरुको गुनासो छ ।
कुनै गाडि चल्न पाउने कुनै गाडी चल्न नपाउने बिवादीत निर्णय नसच्याए आन्दोलन गर्ने ग्रामिण यातायातका बद्री सुवेदीले धादिङपोष्टलाई जानकारी गराउनु भयो ।
विभागको पत्र
yatayat 1