स्वास्थ्य कार्यलयले गर्यो पत्रकार देखि समान्य नागरीकलाई सम्मान

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २१, २०७२

2धादिङबेसी । जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङ अन्तरगत स्वास्थ्य तथा पोषण क्लष्टरले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनिय सहयोग भन्दै विभिन्न संस्था व्यक्तिलाई सम्मान गरेको छ ।
भुकम्प पछि स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै गैर सरकारी संघसस्था, संचारमाध्यम, पत्रकार, स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो ।
आज एक कार्यक्रमका बीच स्वस्थ्य कार्यलयले भुकम्प पछि जिल्लाको स्वास्थ्य तथा पोषणको अवस्थाको बारेमा प्रतिवेदन सार्वजनिक गरेको छ । पोषण स्वास्थ्य क्लष्टर ले गरेको सम्पुण गतिविधिहरुको प्रतिवेदन पुस्तिका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनका मुख्य क्रियाकपालहरुको बारेमा जिल्ला स्वास्थ्य कार्यलय धादिङका प्रमुख जिवन कुमार मल्लले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अतिथिहरुले सबैभन्दा महत्वपुर्ण र संवेदनशील क्षेत्र स्वास्थ्य क्षेत्र भएपनि विषम परिस्थितमा धैर्यता र संयमतापुर्वक काम गरेका सवै संघसस्थाहरुप्रति आभार प्रकट गरेका थिए ।
सम्मान कार्यक्रममा धादिङ क्षेत्र नं. २ का सभासद गुरु बुर्लाकोटी, नेपाली काँग्रेसका नन्दलाल रिजाल, एमाले धादिङका अध्यक्ष भुमि कडेल, एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी लगायतको आतित्थ्यता रहेको थियो ।