धादिङबेसीमा सौनक भट्ट (को हुन् सौनक फोटो फिचर)

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १९, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी । सधैको शनिबार फिल्म हेर्नेको भिड देखिने धादिङबेसीको फिल्म हलको माहौल आज भिन्दै थियो । सब्भव छ भन्दै युवा सौनक भट्टको प्रबचनले पुरै भरिएको फिल्महलको माहौल आज तातिएको थियो ।
हलमा प्रहरीका प्रहरी नायब उपरिक्षेक सविन प्रधान, प्रहरी जवान, ससस्त्र र अनुसन्धानका डिएस्पी, राजनीतिक दलका युवानेताहरुको समेत सहभागिता थियो ।
सौनक भट्ट नेपालका सम्भवत सबैभन्दा कम उमेरका “मोटिभेसनल स्पिकर” भएको कुरा हलमा धेरैलाई थाहा थिएन ।
अरु कसैले परिवर्तन गर्ला वा अरु कुनै समयमा गरौँला भनेर बसे परिवर्तन आउँदैन। प्रवचनका बीचबिचमा सौनक, परिवर्तनको सम्बाहक, हामीले पर्खेर बसेको व्यक्ति हामी आफैँ हौँ। हामीले खोजेको परिवर्तन पनि हामी आफैँ हौँ।” भन्दै थिए ।
युवाहरुको उल्लेख्य सहभागिता रहेको हलमा सौनकको हरेक शब्दले तालिपाई रहेको थियो । उनले करीब २ घण्टा परिवर्तन आफैबाट गरौं युवाबाटै गरौ भन्दै, सर्वोत्तम दिन आज हो, र सर्वोत्तम समय अहिले। तसर्थ मैले के गर्दैछु, र समाजले के पाउँदैछ भनेर कम्तिमा एकपल्ट सोचौँ। परिवर्तन हामीबाटै सम्भव छ। भनेर सिकाएर गएका छन् धादिङका युवा युवतीले यो व्यवहारमा कति उतार्लान त्यो चाहि हर्ने बाँकी नै छ । यो कार्यक्रममको चाजोपाजो महिला तथा बालबालिका कार्यालय धादिङले मिलाएको थियो ।

“युथ फर ब्लड” नामक अभियान चलाएर उनले सयौँ जीवन बचाइसकेका सौनक को हुन् त ?

सौनक भट्ट एक त्यस्ता व्यक्ति हुन जसले रचनात्मक, नेतृत्व, भावपूर्ण जीवित र जीवनमा आधारित एक युवा उत्प्रेरक वक्ता, प्रचारक, व्यक्तिगत विकासको प्रशिक्षक हुन ।
उनले राष्ट्रिय तथा अन्तराष्ट्र्रिय एजेन्सीहरु मार्फत नेपाल भित्र र बाहिरका पैतिस हजार भन्दाबढी मानिसहरुलाई उत्प्रेरणा कक्षा दिइसकेका छन् । डिबेट नेटवर्क नेपालका संस्थापक उनले नेपालमा अन्तराष्ट्रिय शैलिहरुमा कसरि वादविवाद गर्न सकिन्छ भनेर सिकाउँछन्।
नेपालको प्रतिनिधिको रुपमा अन्तर्राष्ट्रिय युवा परिष्द डान्स फर लाइफ Dance4life को लागि काम गरिसकेका छन्, उनी साठी देशहरुबाट Global Inspirational Voices Award विजेता भइसकेका छन् । सौनक भट्टले हजारौ मानिसहरुलाई उत्पेरणा कक्षा दिइसकेका छन् । धनगढीका युवा सौनक अहिले नेपालकै कान्छा मोटिभेटरको रुपमा चिनिएका छन् ।
OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA