धादिङबेसी । जिल्ला सदरमुकाम धादिङबेसीमा सार्वजनिक शौचालयको निर्माण कार्य सुरुभएको छ । धादिङ समाज दक्षिण कोरीयाको सहयोगमा अपाङ्गमैत्री सार्वजनीक शौचालय बन्न लागेको हो ।
धादिङबेसी सदरमुकाम नगरपालीका घोषणा भै सक्दा पनि एउटा पनि सार्वजनिक शौचालय नहुदा भएको असहजतालाई ख्याल गर्दै रोजगारीको लागी धादिङका विभिन्न गाविसबाट कोरियामा गएका व्यक्तिबाट संकलित सहयोग रकमबाट सुविधा सम्पन्न आधुनिक शौचालय निर्माण गर्न लागिएको कोरियाबाट धादिङ आएका मनोज थापाले बताउनु भयो ।
विगत पाँच बर्ष कोरियमा रोजगारी गरी फर्कनु भएका थापाले धादिङ समाज दक्षिण कोरीयाका कोषध्यक्ष सन्तोष अधिकारी र सम्पूर्ण कार्यसमिति सदस्यहरुको पहलमा धादिङबेसी पुछारबजार पिपलबोट नजिकै बाथरुम सहितको सार्वजनिक शौचालय निर्माण गर्न कार्यको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । करिब १५ लाख १७ हजार ६ सय १८ रुपँैया ६३ पैसा लागत लाग्ने उक्त शौचालयको निर्माण कार्य सक्न दुईमहिना लाग्ने बताईएको छ ।