धादिङबेसी । धादिङ समाज दक्षिण कोरीयाको सहयोगमा सदरमुकाम धादिङबेसीमा नमुना अपाङ्गमैत्री शौचालय निर्माण हुन लागेको हो ।
उक्त बनाउन शौचालय बनाउन १५ लाख १७ हजार ६ सय १८ रुपँैया ६३ पैसा लागत लाग्ने बताईएको छ । विदेशमा बसेर आफ्नो मातृभुमिको विकासको लागी सामाजिक काम गर्न धादिङ समाज दक्षिण कोरीयामा कार्यरत धादिङगेहरुले उक्त रकम पठाई सकेको र धाङिबेसी बीचबजारमा ठाउँ पनि ठोस भैसकेकोले भोलि देखि नै शौचालयको निमार्ण कार्यगरिने बताईएको छ ।
धादिबेसीमा सार्वजनिक शौचालय नहुँदा विभिन्न कामको लागी सदरमुकाम आउने नागरिकहरुले समस्या झेल्दै आएका छन् ।