कक्षा १२ को मौका परीक्षाको रिजल्ट आयो, नतिजा हेर्नुहोस्

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १७, २०७२

bannerयस वर्षको उच्चमाध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को मौका परीक्षामा ८४ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी ३३ हजार २११ मध्ये २८ हजार १०१ उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । गत वर्ष ८३ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
कक्षा ११ का सबै विषय उत्तीर्ण भएका तर कक्षा १२ मा एक विषयमा मात्रै अनुत्तीर्ण भएका विद्यार्थीका लागि परिषद्ले गत कात्तिक २१ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।
नतिजा हेर्नुहोस्
http://www.hseb.edu.np/result/grade-xii-supplementary-result-2072