नयाँ शक्ति एमाओवादी नै बन्छ- प्रचण्ड (के छ २७ पृष्ठ प्रतिवेदनमा)

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १६, २०७२

prachand2एमाओवादीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले एमाओवादीलाईनयाँ शक्ति बनाउने गरी प्रतिबेदन आएको बताएका छन् ।
प्रचण्डको प्रस्तावमा पार्टीमा देखा परेको बिभिन्न प्रवृत्तिहरु, बाबुराम भट्टराईको पार्टी परित्याग, पार्टीको आगामी कार्यदिशा, कार्यकर्ता र संगठनसम्बन्धी आचारसंहिता र सुद्दीकरणका नयाँ नियम, बिभिन्न राजनीतिक शक्तिको विश्लेषणलगायतका विषयबस्तु समेटिएका छन् । प्रचण्ड प्रतिवेदनले मुख्यतः दुईवटा कुरामा जोड दिन खोजेको छ । पहिलो हो, वैद्य माओवादीले संविधानलाई प्रतिगामी भनिरहेको बेला त्यसको बस्तुगत समिक्षा गर्दै उपलब्धि र कमजोरीको विश्लेषण । दोश्रो, बाबुराम भट्राईले दिँद आएको सैद्धान्तिक भ्रमलाई चिर्न क्रान्तिकारी कार्यदिशा नै अहिलेको बाटो भनेर पुष्टि गर्न । यी दुबै कुराको जगमा उनले कार्यदिशालाई पुरा गर्न संगठनात्मक प्रश्नमा प्रतिवेदनमा शब्द खर्च गरेका छन् । आचारसंहिता, शुद्धिकरण, अन्तरपार्टी जनवाद, श्रम र उत्पादनको सम्बन्ध जस्ता कपिय पक्षहरुमा उनले विशेष चर्चा गरेका छन् ।
के छ त प्रतिवेदनमा ?
मंगलबार प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनले मुख्यतः ३ वटा पक्षलाई समेटेको सहभागी एक केन्द्रीय सदस्यले एभरेष्टदैनिकडटकमलाई बताए ।

१‍‍. पार्टी पुनर्निर्माणबारे प्रचण्डः

प्रचण्डको प्रतिवेदन मुख्यतः पार्टी निर्माणमा केन्द्रीत देखिन्छ । “माओवादीहरुले वैचारिक निष्ठाका साथ देश र जनताप्रति समर्पित क्रान्तिकारी स्पिरिटसहित पार्टीलाई पुनर्गठन गर्न नसके क्रान्तिका उपलब्धिको रक्षा नहुने मात्र होइन, देशको अस्तित्वमाथि खतरा आउने निश्चित भएको” उनले ठोकुवा गरेका छन् । “संविधानको कार्यान्व्यनसँगै केन्द्रदेखि स्थानीयस्तरसम्म सिंगो पार्टी पुर्ननिर्माणको महाअभियानमा केन्द्रीत हुनु अनिवार्य बनेको छ ।” प्रतिवेदनमा प्रचण्डले भनेका छन् । यसका लागि समग्ररुपमा सत्ताको नेतृत्व लिने, विचारधारात्मक रुपमा मिल्नसक्ने शक्तिसँग एकता गर्ने उनले बताएका छन् । प्रचण्डले सबैभन्दा नजिकको मित्र शक्तिका रुपमा माओवादी अन्य घटकहरुलाई उल्लेख गरेका छन् ।

गुटबन्दीको क्यान्सरले पार्टी सिद्धिने खतरा

संगठनमा अराजकता र अव्यवस्थाले पार्टीको वैचारिक र राजनीतिक कार्यदिशामा मात्रै नभएर समग्रतामा असर पारेको भन्दै प्रचण्डले संगठनात्मक सुदृढिकरणको महाअभियानको घोषणा गरेका हुन । “गुटबन्दीरुपी क्यान्सरका शल्यक्रिया नगरी पार्टी जीवनको रक्षा असम्भव” रहेको उनको दावी देखिन्छ । व्यक्तिगत र गुटगत स्वार्थका आधारमा कसैले जतिसुकै गल्ती र अपराध नै गरेपनि छुट पाउने तथा इमान्दरहरु पाखा लगाइने स्थितिको दृढताका साथ अन्त्य गर्नुपर्ने उनले बताएका छन् ।

जनवाद र केन्द्रीयताको फ्युजन

प्रचण्डले विधानलाई उल्लेख गर्दै अभिव्यक्ति र कामकारवाहीमा एकरुपाताको नीति, भिन्नमतको सञ्चालन, कार्यनीति कार्यान्वयनको चरणमा सार्वजनिक बहस नहुने, एकीकृत नेतृत्वको मातहतमा जनवाद, केन्द्रीकरणमा जोड, विकेन्द्रीकरणमा ध्यान, संश्लेषणमा जोड र विश्लेषणमा ध्यान देउ भन्ने उनको जोड छ ।

कार्यदिशा र संगठन सँगसँगै

कतिपय अवस्थामा कार्यदिशा एकातिर र संगठन अर्कोतर्फ जाने चुनौती र खतराप्रति प्रचण्डले सजगता देखाएका छन् । एकपटक छलफल गरी निणय गरिसकेपछि कार्यनीति, योजना, कार्यक्रम इमन्दारीपूर्व पालना गर्नुपने उनले बताएका छन् ।

१५ बुँदे आचारसंहिता, शुद्दिकरणका २२ बुँदा

केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार, उनले १५ बुँदे आचारसंहितासमेत अगाडि सारेका छन् । आचारसंहितामा पार्टीका बिभिन्न कमिटि अन्तर्गतका सदस्यहरुले गर्नुपर्ने व्यवहारका बारेमा उल्लेख गरेका छन् । केन्द्रीय सदस्यले पार्टीका् खर्चमा विदेश र महंगा नीजि विद्यालयमा छोराछोरी पढाउन नपाउने भनेका छन् । तर आफ्नो खर्चमा पढाउने या नपढाउने भन्ने बारेमा भने प्रतिवेदन मौन छ । त्यसैगरी भ्रष्टाचार, तस्करी, पार्टीका नाममा व्यक्तिगत चन्दा जस्ता कुरामा कार्वाही हुने उल्लेख गरिएको उनले बताए ।

शुद्धिकरणका विषय झने कडा रहेका छन् । बहुविवाह दण्डनीय बनाइएका छ । अध्यक्षदेखि सदस्यसम्म निरन्तर परीक्षणमा रहने भनिएको छ । सबै सिसिएमहरुलाई २ महिनाभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ ।

यसअतिरिक्त श्रम र उत्पादनका बारेमा समेत प्रचण्डले कार्ययोजना अघि सारेका बताइएको छ । प्रचण्डले हरेक समितिले कम्तीमा उत्पादनको एक योजना बनाउनुपर्ने उल्लेख गरेका छन् ।

२. विचारधारा र कार्यदिशाबारे प्रचण्ड

बाबुरामको परित्याग सुनियोजित

पहिलो, पार्टीको विचारधारा र आगामी कार्यदिशाका बारेमा प्रचण्डले विश्लेषण गरेका छन । यस अन्तर्गत बाबुराम भट्टराईको पार्टी परित्याग मुख्य रहेका छ । बाबुराम भट्टराईको पार्टी परित्यागलाई प्रचण्डले ‘आकस्मिक’ नरहेको बताएका छन् । प्रचण्डले साम्राज्यवाद र विस्तारवादीहरुको नियोजित षडयन्त्र अन्तर्गत बाबुरामले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । “साम्राज्यवादी र पूँजिवादले आफूलाई ‘विद्वान’ भनाउने बाबुराम भट्टराईको मुखबाट माक्र्सवादको औचित्य नभएको कुरा भनाउन सफल भएको” प्रचण्डको निश्कर्ष छ । माक्र्सवाद र पूँजिवादलाई फ्युजन गराउने भट्टराईको विचार बद्नाम पूँजिवादी विचार भएको उनले बताउका छन् ।

समाजवादी क्रान्तिको कार्यदिशा

प्रचण्डले माक्र्सवाद, लेनिनवाद र माओवाद नै अहिलेको समयको सबैभन्दा वैज्ञानिक विश्व दृष्टिकोण रहेकोमा जोड दिएका छन् । विचारधारा अन्तर्गत नै पार्टीको राजनीतिक कार्यदिशाबारे उनले विस्तृतमा प्रकाश पारेका छन् । “

सर्वहारावर्गको राजनैतिक प्रतिनिधिका हैसियतले आज पाटीृका अगाडि देशलाई दलाल पूँजिपति, नोकरशाही र सीमान्तकृत सामन्तहरुका हातबाट खोस्न सडक, सदन र सरकारका सम्भव सबै मोर्चाबाट संघर्ष गर्दै अगाडि बढ्ने नीति लिनुको विकल्प नरहेको उनको ठहर छ ।

अबको रणनीति समाजवादी क्रान्ति हुने र समाजवाी क्रान्तिको रणनीति अन्तर्गत नै सामन्तवादका अवशेषहरुको अन् र्ने ता राष्ट्रिय स्वाधिनता हासल री पूँजिवादीजनवादी क्रान्तिलाई पूर्णता दिँदै उत्पादक शक्तिको विकासद्वारा समाजवादी क्राीन्तको तयारी गर्ने नयाँ ऐतिहासिक राजनीतिक कार्यदिशा पार्टीकोरहने छ ।

स्मरणीय कुरा के छ भने यही विषयमा वैद्य माओवादीले एमाओवादीसँग असहमति राखेको छ । वैद्य माओवादीले जनवादी क्रान्ति नै अहिलेको कार्यदिशा हुनुपर्ने अडान राखेको छ । प्रचण्डले भने जनवादी क्रान्तिको पूर्णतासँगै समाजवादी क्रान्ति भन्ने पदावली प्रयोग गरेका छन्

३. वर्तमान राजनीतिक परिस्थिति र संविधानलाई हेर्ने प्रश्न

प्रचण्डले दोश्रो खण्डमा देशको पछिल्लो राजनीतिक परिस्थिति र संविधानका बारेमा निकै बिस्तृत चर्चा गरेका छन् । नयाँ संविधान निर्माणका चुनौती उल्लेख गर्दै प्रचण्डले नेपालको आन्तरिक विवादको निहुँमा नाकाबन्दी सिर्जना गरेर भारतले भयानक यन्त्रणा दिएको उल्लेख गरेका छन् । भूकम्पले त्रासदीपूर्ण जीवन बिताउन बाध्य नेपालीहरुमाथि भारतको यो व्यवहारको उनले कटु आलोचना गरेका छन् ।

प्रतिवेदनमा प्रचण्डले बुँदागतरुपमा संविधानको विवेचना गरेका छन् । वैद्य माओवादीले प्रतिगामी संविधान भन्दै बिरोध गरिरहेको सन्दर्भममा प्रचण्डले त्यो आरोपलाई खण्डन गर्न संविधानले कुन कुन विषयमा उपलब्धि हासिल भएको छ र कहाँ कहाँ कमजोरी छ भन्ने कुराको विस्तृत विवेचना गरेका छन् । “सामन्ती दासत्व सदाका लागि अन्त्य” भएको उनले उल्लेख गरेका छन् । उनले सामन्तको साटो सीमान्तकृत सामन्तको उल्लेख गरेका छन् । “नयाँ संविधान गतिशील संविधानका रुपमा आएकोले जनताले चाहेमा यसलाई परिवर्तन गर्न सक्ने” उनको जिकिर प्रतिवेदनमा देखिन्छ । प्रचण्डले महिला, दलित, मधेसी जनता, जनजाति, किसान, मजदूरलगायत बिभिन्न अन्य पक्षहरुमा भएका उपलब्धिबारे चर्चा गरेको ती केन्द्रीय सदस्यले बताए ।

संविधानका कतिपय उपलब्धि र असल पक्ष हुँदाहुँदै पनि प्रचण्डले यो जनवादी संविधान भने बन्न नसक्ने स्पष्ट पारेका छन् । हामीले संविधानको अन्तरवस्तुका सम्बन्धमा राखेका मतभेदका विषयहरुलाई संविधानमा समावेश गरिएको भएपनि जनताको जनवादी वा नयाँ जनवादी वा समाजवादी संविधान बन्ने थिएन ।” उनले वैद्य माओवादीको तर्कप्रति लक्षित गर्दै भनेका छन् ।

संघीयता, शासकीय स्वरुप, नागरिकता, विशेष संरचना, दलित, महिला, श्रमिकलगायका अधिकारजस्ता कतिपय विषयमा पार्टीले फरक मत राखेको उनले स्पष्ट गरेका छन् ।