रामबहादुर भण्डारीलाई के भने आपुर्ति मन्त्रीले

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १६, २०७२

puधादिङबेसी । एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले नेपाल सरकारका आपुर्तिमन्त्री गणेशमान पुनलाई भेट गर्नु भएको छ ।
जनयुद्धकालिन समयमा सँगै जेल जिवन वितायका यी दुई नेताहरु एक आपसमा विचारका हिसाव सँगै भावनात्मक रुपमा पनि एकदमै नजिक छन् ।
पार्टीले मन्त्रीको जिम्मेवारी दिएर पठाएको छ राजधानी सँगै जोडिएको जिल्लाको हिसावले धादिङ विशेषत राजमार्गमा कालाबजारी फष्टाएको भन्ने छ यता ध्यान दिन आग्रह गर्नु भएको थियो ।
करिव आधाघण्टा भलाकुसारीमा भण्डारीले नाकाबन्दीले आक्रान्त पारेको धादिङ जनता त्यसमा पनि धादिङबेसीमा आपुर्तिको असहजताको बिषयमा खुलेरै कुरा राख्नु भएको थियो । धादिङमा १४ वटा ग्यास प्यान्ट छन् तर कालाबजारीले सिधै हातपारेको र धादिङबेसीमा चरम अभाव रहेको समेत जानकारी गराउनु भएको छ ।
मन्त्री पुनले तेल र ग्यासको असहजकता र कालाबजारी रोक्नु नै आफ्नो पहिलो काम भएको बताउनु भएको थियो ।
भेटघाट कार्यक्रममा एमाओवादी धादिङका सह सचिव मनराज भण्डारीको समेत उपस्थिति थियो ।