महालक्ष्मी फाईनान्स २१ औं वर्षमा प्रवेश कर्णेश्वमा सरसफाई

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १६, २०७२

1धादिङबेसी । महालक्ष्मी फाईनान्स लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा यस फाईनान्सको शाखा कार्यालय धादिङले सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार श्री कर्णेश्वर माध्यमिक विद्यालयमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । यसै अबसरमा विद्यालयलाई १४ वटा डसविन (फोहोर राख्ने भाडो) लगाएत सरसफाइसंग सम्वन्धित सामाग्री विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री मेघराज पोखरेल तथा प्रधानाध्यपक देव कुमारी दनैलाई सयुक्त रुपमा फाइनान्सका शाखा प्रवन्धक खिल प्रसाद सिलवाले हस्तान्तरण गर्नु भएकोे हो ।
२०५२ साल मंसिर १५ गते स्थापना भई सर्वसाधारणलाई बैकिंग सेवा प्रदान गर्दै आएको यस फाईनान्सको धादिङबेसी समेत बीरगंज, कलैया, नारायणगढ, हेटौडा, मलंगवा, लालबन्दि, सिमरा, बर्दिवास तथा काठमाडौंमा ३ वटा गरी जम्मा १२ वटा शाखाहरु संचालनमा रहेका छन् ।
४२ करोडको चुक्ता पूंजी रहेको यस फाइनान्सले हालसम्म ४ अर्व ६४ करोड निक्षेप संकलन गरी ३ अर्ब ७० करोड कर्जा प्रवाह गरी सकेको छ ।
संचालनको २० वर्ष सुशासनमा संचालन भई २० वर्ष नै मुनाफा हासिल गर्न सफल यस फाईनान्सले स्थापनाको २० वर्ष मध्ये १९ वर्ष लगातार आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने नेपालको एक मात्र वित्त कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सकेको धादिङ शाखाका प्रबन्धक सिलािलले धादिङपोष्टलाई बताउनु भयो ।
आफ्ना ३२ हजार भन्दा बढी ग्राहक रहेको यस फाईनान्सले विभिन्न निक्षेपका शिर्षक मार्फत आकर्षक व्याजदर प्रदान गर्दछ भने सरल र सुलभ व्याजदरमा कर्जा प्रवाह (गृह,गाडी कृषि, उद्योग, व्यापार विपन्नवर्ग, जग्गा खरीद, शैक्षिक,शेयर कर्जा व्यक्तिगत आदि) गर्ने गरेको छ । फाईनँन्सले ए.वि.वि.एस., एस.एम.एस., सेफ डिपोजिट भल्ट (लकर), ए.टि.एम. सेवा जस्ता नविनतम सेवाहरु उपलव्ध गरांउदै आएको छ ।
धादिङबेसीमा यस फाइनान्सले मिति २०७० चैत्र ०७ गते बाट आफनो सेवा विस्तार गर्न विभिन्न निक्षेपमा आकर्षक व्याजदर प्रदान गरी सरल र सुलभ रुपमा कृषि, उद्योग, विपन्नवर्ग कर्जा, व्यापार, गृह र गाडीमा आफनो लगानीलाई विशेष प्राथमिकताका साथ ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ साथै आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकवर्गलाई अझै बढी स्तरिय सेवा प्रदान गर्ने समेत सिलवालले बताउनु भयो ।