फरार बलत्तकारी पक्राउ १७ वर्ष कैद सजाय

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १५, २०७२

imagesधादिङ मैदी । धादिङ मैदी गाविसमा रुद्रमान श्रेष्ठलाई जबरजस्ती करणी र हाडनाता करणी मुद्दामा १७ वर्ष कैद सजाय हुने भएको छ ।
धादिङ्ग जिल्ला अदालतबाट मिति २०६९।०३।२२ गतेको फैसला अनुसार लगत नं.८६६ मा १७ बर्ष कैद सजाय तोकी फरार रहेका बर्ष ५२ वर्षिया रुद्रमान श्रेष्ठलाई पक्राउ क्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ्गबाट खटिएको प्रहरीको विशेष टोलीले निज श्रेष्ठलाई मिति गत शुक्रबार मैदी २ अमराइमा पक्राउ गरेको थियो । उनलाई प्रहरीले १७ बर्ष कैद भुक्तान गर्न कारागार चलान गरेको छ ।