ट्रकमा आगजनी प्रहरीको उदासिनता (घटनाको पूर्ण जानकारी फोटो फिचर)

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १३, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ कालिदह । धादिङबेसी–मलेखु कालु पाण्डे राजमार्ग सडक खण्ड अन्तरगत कालिदह नजिक सिक्रेखोलामा ट्रकमा आगजनी गरिएको छ ।
आगलागी पछि ट्रक पूर्ण रुपमा जलेको छ । विप्लव नेतृत्वको नेकपा माओवादी धादिङका सेक्रेटरी रामबहादुर श्रेष्ठले बन्दको अबज्ञा गर्नेहरुलाई नछाडीने बताउदै उक्त ट्रक आफ्नो कार्यकर्ताले जलाएको धादिङ पोष्टलाई बताउनु भयो ।
उहाँले बन्द आफैमा राम्रो होईन बन्दले सर्वसाधरणलाई मर्का परेको स्वीकार्दै बन्द आफ्नो पार्टीको रहर नभएको बताउनु भयो । १ दिनको बन्द हो, उल्लङ्घन नर्गनुहोला नत्र पार्टीको घोषणा अनुसार बन्द उल्लङ्घन गर्नेलाई नछाडीने समेत श्रेष्ठले हामी सँग बताउँनु भयो ।
OLYMPUS DIGITAL CAMERAदम्कलले काम गरेन
नीलकण्ठ नगरपालिकाले खरिद गरेको १ मात्र दम्कलले सयमै काम नगर्द ट्रक पूर्ण रुपमा जलेको छ ।समयमै पुगेको दमकलले पानीको फोहरा फान्न सकेको भए ट्रक जल्नबाट जोगिन्थ्यो । सबै दमकलतिर हुत्तिए दमकलले फोहरा फान्न थालुन्जेल ट्रक पूर्णरुपमा जलि सकेको स्थानिएहरुले बताए ।
जलाउनुको कारण
हेटौडाबाट धादिङबेसी सम्म ईट्टा बोकेर आएको गाडी नै किन निसाना बन्यो त बन्दकर्ताको यस विषयमा कुरा गर्दा एक बन्दकर्ताहरु भन्छन्– ‘हामीले पहिले नैै गाडी नचलाउन भनेका थियौं अटेर गरि आएपछि कालिदहमा फेला पारियो र कार्वाही त गर्नै पर्योनी ।’ चुनौति दिएर ट्रक चलाएपछि कार्वाही गरिएको ति बन्दकर्ताले बताए ।
प्रहरीको उदासिनता
यस अघि गरिएको बन्दमा पनि यहि पार्टीले सोही क्षेत्रमा मोटर साईकल जलाएको थियो । आज बन्द हुने हल्ला प्रहरीले थाहा नपाएको पनि होईन बन्दको अघिल्लो दिन क्षेत्रिय प्रहरी कार्यालयको राँके जुलुस गर्न नदिनु भन्ने निर्देशन समेत नमानि धादिङ प्रहरीले साँझै कालिदहमा राँके जुलुस गर्न दिएको थियो ।
अघिल्लो दिन राँके जुलुस हुनु र भोलि पल्ट सोही ठाउँमा ट्रक जल्नुमा प्रहरी मौनता किन रह्यो ? घटना भएको ठाउँबाट प्रहरी चौकी पुग्न करीब डेढ किलो मिटर पनि छैन । यस अघि पनि घटना घटेको ठाउँ सुरक्षा दृष्टिले ख्याल गर्नु पर्दैन ? जुन ट्रक नलाङ बैरेनी प्रहरी चौकीमा इन्ट्री गरेर आएको हो । बन्दको बेला केहि हुन सक्ने अड्कल काटिदैन ? प्रहरीको उदासिनताको कारण यो घटना भएको स्थानियहरुले आरोप लगाए ।
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA