प्रहरीको अराजकता र मनलाग्दी पनको अन्त्य कहिले ?

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १२, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी । भारतिय नाकाबन्दीको सामाना गरि रहेका धादिङका आम मानिसहरु प्रहरीको क्रियाकलाप प्रति औंला ठड्याउन थालेका छन् । ग्यास जति पटक आएपनि प्रहरीलाई, पट्रोल डिजल वितरणमा पनि उनीहरुकै मनलाग्दी प्रहरीको व्यवहार थेग्न गारो परेको गुनासो आउन थालेको छ ।
करिव १५ दिन पछि आज धादिङमा पेट्रोल सर्वसाधारणलाई बाँडियो हिजो बुलुका देखि लाईनामा बसेका सर्वसाधरण ५ सय ५० जनालाई मात्र तेल पुग्ने भन्दै अरु लाईनमा बसेकालार्इृ फिर्ता पठायो । कुपन लिएका ५ सय ५० जनालार्ई ३ सयको पेट्रोल दिएको देखिन्थ्यो भने कुपनै नभएका कयौ मोटर साईकलहरुलाई कोहि प्रहरी आफै चलाउँदै त कोहिलाई साथी नातागोता भन्दै फुल टेङ्की तेलहालेको लाईनमा बसेर टुलुटुलु हेर्नु परेको थियो ।
एकजना लाईनमा बसेका व्यक्तिले लौन पत्रकारहरु कहाँ छन् प्रहरीले जे मनलाग्यो त्यहि गर्न पाईन्छ ठुलो स्वरले कराउँदै थिए । त्यस पनि हामी त्याहाँ पुग्दा लाईन बाहिरबाट ज ५ प ७३६७ नम्बर भएको पल्सर मोटर साईकललाई प्रहरीले हाल्न निर्देशनमा १५ सयको तेल हाले पछि टेङ्की फुल भयो ।
सर्वसाधरणको लागी ३ सय प्रहरीको आसेपासेलाई फुलटेङ्की हालेको आफ्नै आँखाले देखियो । धादिङबेसी स्थित पेट्रोल पम्पका कर्मचारीहरुका अनुसार प्रहरीले जसो गर भन्छ त्यहि गर्ने हो आज ५ सय ५० कुपन वितरण गरेको जानकारी छ । तेल त्यो भन्दा बढीले हालि सके भन्छन् ।
धादिङबेसीमा कालाबजारी प्रहरीकै आजमा मौलाई रहेको आफ्नै आखा अगाडी देखेका सर्वसाधरणहरुले नाकाबन्दीमा परेका जनतालाई सहजताको भन्दा झनै दुख र मनलाग्दी व्यवहार गरेको दुखेसो पोख्न थालेका छन् ।
संचार कर्मी सानुबाबु तिमल्सिना आफन्नो फेसबुक मार्फत यसरी आक्रोस पोख्नु भएको छ
अलि दिन अगाडि धादिङवेसीमा श्रीकृष्ण ब्राण्डको ग्याँस आयो, पहिले प्रशासनले प्रहरी प्रशासनको लागि भनेर आएको मध्ये ठुलो परिमाण ग्याँस आफुले राख्यो, त्यसको केहिदिनपछि बाबा ब्राण्डको ग्यासँ आयो । त्यो पनि त्यसैगरी राख्यो अझ रमिता के ग¥यो भने ग्याँसको लागि राती लाईन बसेका सर्वसाधारणलाई कहिले सिरानबजार त कहिले पुछारबजारबाट बाढ्छ भन्दै सिलिण्डर बोकाएर दौडायो, अनि फेरी कहिले आज ग्यासँ बाड्दैन भन्दै लाइन नबस्न आग्रह गर्दै सर्वसाधरणलाई सेवा गरेजस्तो पनि गर्दै फेरी उतिखेरै राताराता ग्यासको कुपन बाडेर नाटक मञ्चन ग¥यो । फेरी त्यसको केहि दिनपछि साईबाबा ब्राण्डको ग्यासँ आइपुग्यो । त्यो ग्याँस पनि धेरै प्रशासनिक प्रयोजनको लागि भन्दै राख्यो, फेरी गिता ब्राण्डको ग्यास आयो बुधबार, त्यो ग्याँस पनि प्रशासन राखेर मात्र सर्वसाधरणलाई विक्रीको लागि पठायो । यहा बुझ्न नसकेको कुरा जति ग्याँस आएपनि प्रशासनले मात्र उपयोग गर्ने । जतिभएपनि प्रशासनिक प्रयोजनको लागि नपुग्ने अनि सर्वसाधरण जनताको कुनै वास्ता नै नगर्ने यो कस्तो नियति हो ? कता हराए नियमनकारी निकाय अनि अनुगमनकारी संयन्त्र ? कि यसमा उनीहरुको पनि मिलेमतो छ ? ग्याँसको कुपन वितरण गर्दा पनि कस्तो मनोमानी, कसैको घरमा ३ पटक सम्म ग्याँस पुगिसक्यो, अनि कसैले जति पटक लाईन बस्दा पनि रित्तो हात फर्कनुपर्ने ? होइन, यो देशमा सरकार छैन कि क्या हो ?
पेट्रोल वितरणमा आज देखिएको ३ दृष्य
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA