नयाँ शक्तिको भेलामा जाने १२ जनालाई स्पष्टिकरण सोधियो

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ११, २०७२

naya finalधादिङबेसी । एमाओवादी धादिङले १२ जना जिल्ला समितिका सदस्यहरुलाई स्पष्टिकरण सोधेको छ ।
पार्टी अनुसासन भन्दा बाहिर गएर पार्टी परित्याग गरेका बाबुराम भट्टराईको नयाँ शक्ति अभियान उद्घाटन तथा प्रशिक्षणमा सहभागि भएको भन्दै उक्त कार्यक्रममा जानुका कारण सहित ७ दिन भित्र लिखित जवाफ सहित स्पष्टिकरण मागेको हो ।
मंसिर ६ गते काठमाडौंमा भएको कथित नयाँ शक्ति अभियानमा सहभागि धादिङका १२ जना जिल्ला समिति सदस्यहरु सबै नयाँ शक्ति तिर नलागेको तर पार्टी अनुसासन भन्दा बाहिर गएकोले माथिल्लो कमिटिको निर्देशन बमोजिम स्पष्टिकरण सोधिएको एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भयो ।
मसिर ६ गते काठमाडौमा भएको नयाँ शक्ति अभियान उद्घाटन कार्यक्रममा धादिङबाट ५१ जना जिल्ला समिति सदस्यहरु मध्ये १२ जना सहभागि भए ।
स्पष्टिकरणमा परेका नेताहरुमा एमाओवादी धादिङका जिल्ला समिति उपाध्यक्ष राजु नेपाल, कोषाध्यक्ष बिरबहादुर तामाङ, राम ढकाल (ऋतिक), प्रमोद पोखरेल (साहास) र महेन्द्र तिमल्सिना (परिबर्तन) , सृजना रिजाल, ठाकुर पुडासैनी, सुदर्शन खतिवडा, सिताराम कोईराला, चक्रबहादुर भण्डारी, टिकाराम तामाङ र धुर्र्व थापा रहेका छन् ।
spasti karan final-001