जिल्ला स्तरीय हाँजिरिजवाफ धादिङ बोर्डिङले जित्यो

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ७, २०७२

badriधादिङबेसी । नेपाल स्काउट जिल्ला स्काउट कार्यालय धादिङको वार्षिक कार्यक्रम अन्तर्गत सुनौलो भैरवी स्काउट ट्रुपले गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता धादिङ बोर्डिङले जितेको छ । नीलकण्ठ नगरपालिका वडा नं. ७ स्थित विद्यालय प्रांगणमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा जिल्ला भित्रका ९ विद्यालय सहभागी भएका थिए ।
प्रतियोगिताबाट धादिङ बोर्डिङ स्काउट ट्रुप,धादिङवेसी प्रथम, सक्सेस् स्काउट ट्रुप गल्छी द्धितीय र सुनगाभा स्काउट ट्रुप तृतीय भएका छन् ।
विद्यालयका प्रधानाध्यापक तथा इकाइ अध्यक्ष रमेश गुरुङको अध्यक्षता, जिल्ला आयुक्त विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय आयुक्त शिबराज सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।
hajir