धादिङलाई लोडसेडिङ मुक्त बनाउने निर्णय

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २, २०७२

aakhuधादिङबेसी । आँखुखोला जलविद्युत आयोजना संचालन समितिले धादिङ जिल्लालाई लोडसेडिङ मुक्त बनाउने निर्णय गरेको छ ।
जलविद्युत संचालन समिति र उपभोक्त समितिको संयुक्त भेलाले धादिङ जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला बनाउने निर्णय गरेको हो ।
भेलाले सलयानकोट, मार्पाक, गुम्दी र त्रीपुरेश्वर अति प्रभावित गाउँ विकास समिति रहेकाले यी गाविसहरुलाई ध्यानमा राख्दै भेलाले विभिन्न निर्णयहरु गरेका संचालक समितिका अध्यक्ष अर्जुन नगरकोटीले बताउनु भयो ।
यी गाविसहरुलाई प्राप्तहुने विद्युत रोयल्टी अहिले सम्म प्रप्त नभएकोले यथाशिघ्र उपलब्ध गराउन पहल गर्ने निर्णय समेत भएको नगरकोटीले बताउनु भयो ।
धादिङ्ग रिङ्नेमा रहेको यो परियोजनामा २०५ जना सेयरधनी छन्, त्यसमध्ये ५१ जना सेयरधनी धादिङ्गकै हुन् । परियोजनालाई प्राइम कमर्सियल बैंकको अगुवाईमा किष्ट बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय बाणिज्य, काष्ठमण्डप विकास बैंकले संयुक्त लगानी गरेका थिए । परियोजनामा इक्वीटीबाट ५४ करोड रुपैयाँ, बैंक ऋण ११६ करोड रुपैयाँ लगानी भएको छ । इक्वीटीमध्ये स्थानीय वासिन्दाले ६ करोड रुपैयाँ लगानी छ । परियोजनामा ऋणमध्ये सहुलियतपूर्ण ऋण १६ अर्ब ८० लाख रुपैयाँ लगानी रहेको छ ।
aakhu copy