ढोलाको भुकम्प पिडित शिविर अवलोकन फोटो फिचर

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । लापा गाविसबाट भुकम्पकारण विस्थापितहरु बस्दै आएको ढोला स्थित आलेका जमर्को नामक संस्थाका पदाधिकारीहरुले स्थलगत अध्ययन गरेका छन् ।
सामाजिक क्षेत्रमा कामगर्दै आएको जमर्को गैर सरकारी संस्थाले शिविर व्यवस्थापन, खानेपानी, स्वास्थ्य शिक्षा र आयआर्जन मुलक सिपविकास सम्बन्धी प्लान ठोस गर्न शिविर अवलोकन गरेको शिविर व्यवस्थापन समितिका संयोजक विकास तामाङले बताउनु भयो ।
स्थलगत अवलोकनमा जमर्को संस्थामार्फत जापानको राष्ट्रिय टेलिभिजनका पत्रकार ओनुस्थताले शिविरको वस्तुस्थितिलाई टिभिमार्फत जापानभरी सम्प्रेसण गर्ने र थप राहात र दिर्घकालिन बासोवासको लागि योजनाहरु ल्याउन पहल गर्ने बताउनु भएको थियो ।
जमर्कोका प्रदिपराईले हामी त्यसै आएका हैनौं हामी आफै शिविर आएका छौं शिविरमा दुई छाख खान दिएर मात्र पुग्दैन हामी आयआर्जन मुलक सिपको साथमा स्वस्थ्य शिक्षामा समेत काम गर्ने सोच रहेको बताउनु भएको थियो ।
OLYMPUS DIGITAL CAMERAजमार्को टिम सँगै शिविर पुग्नु भएका एमाओवादी धादिङका रामबहादुर भण्डारीले भुकम्प पिडिहरुको लागि यो ५ महिना खाफ्नो पार्टीले काम गरेको बताउनु भयो । उहाँले दिर्घकालिन सोचका साथ शिविरहरुमा राज्यले सिपमुलक योजनाहरु ल्याउनु पर्ने बताउनु भएको थियो ।
भुकम्पले पुर्याएको क्षेतिले लापामा पुनःफर्के जान नसकिने भएपछि ढोला स्थित तल्लो आलेमा एक संस्थाको सहयोगमा जग्गा खरिद शिविर स्थापना गरि २६ घर धुरीका १०७ जना बस्दै आएका छन् ।
OLYMPUS DIGITAL CAMERAअवलोकनन कर्ताहरुलाई पाहुना भएको भन्दै शिविरका भुकम्प पिडितहरुले फुलमालाले स्वागत गर्दै तामाङ भाषाले सु–सज्जित मेन्दोमायाँ प्रस्तुत गरेका थिए ।
शिविर संचालनको लागि तीनवटा समिति
OLYMPUS DIGITAL CAMERAशिविर संचालनको लागि तीनवता समितिहरु बनाईएको छ । शिविर व्यवस्थापनको जिम्मा विकास तामाङले लिएका छन् । भवन तथा टहरा निमार्णको लागि भारतमा लामो समय निर्माण क्षेत्रमा काम गरि आएका डुमछिरिङ तामाङले नेतृत्व लिएका छन् । यसैगरी राहात वितरण समितिमा सुसान तामाङ नेतृत्व लिएका छन् । जहाँ बाट जस्तो किसिमको सहयोग प्राप्तभए पनि सम्बन्धी समितिहरु मार्फत कार्य गरिने सबै समितिका सहजकर्ता दिनेश तामाङ धादिङपोष्टलाई बताउनु भयो ।
OLYMPUS DIGITAL CAMERA५ वर्ष मुनिका बालबालिकालाई पठनपाठन
५ वर्ष मुनिका शिविरमै यूनिसेफको सहयोगमा तारा तामाङ र रोमी तामाङले अध्यापन गराई राखेका छन् । भने ५ वर्ष भन्दा माथिका बालबालिकाहरु ढोला स्थित कालिका माविमा पढ्न जाने गरेका छन् ।
OLYMPUS DIGITAL CAMERAस्वस्थ्य चौकी
एकजना सिएमए स्तिरको स्वास्थ्य कर्मी आफै शिविरमा वस्दै आएका छन् भने औषधी जिल्ला स्वस्थ्य कार्यालयले उपलब्ध गराउदै आएको छ ।OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA