धादिङमा छठपर्व मनाईयो

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । धादिङमा पनि धुमधामले छठपर्व मनाईएको छ ।
सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र पूजा गरी पानि पनि नखाई वर्त बसि हिजो साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएर रातभर नदी तथा तलाउ किनारमा बसी आज विहान उदाउँदो सुर्यको पुजागरी यस पर्व मनाईएको हो ।
धादिङबेशीको अरुण खोलामा घाट बनाई पानीमा डुवेर अस्ताउँदो सूर्यलाई पूजा गरी आजको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुवाई सूर्य देउतालाई चढाई रातभर पुजाआजा र नाचगान तथा झजन किर्तन गरिरहेका गरेको थिए । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास रहेको उनीहरुले बताएका छन् ।
छठ पर्व नेपाल र भारतका केही क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण चाड हो । नेपालको विशेष गरि तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाईने भएपनि धादिङमा पनि यो पर्व धादिङमा रहेका ताराईका मानिसहरुले भव्यताका साथ यो पर्व मनाएका थिए ।