बुद्धिप्रसाद दुवाडी । नलाङ वार्ड नं. ३ घर भएका केदार दुवाडीको गएराती मोटर साईकल दुर्घटनामा परि मृत्यू भएको छ ।
काम गर्ने ग्यारेजबाट बासस्थान फर्कदै गरेका दुवाडीले मोटर साईकल आफै हाँकेका थिए उनको विपरित दिसाबाट आएको ट्रकले ठक्कर दिदा घटना स्थलमै उनको मृत्यू भएको हो ।
धादिङबेसी र आदमघाटमा मोटर साईकल वर्कसप चलाएर बसेका केदार दुवाडी दुईवर्ष अगाडी मात्र मलेसिया गएका थिए ।
सुरुमा म्यामरुङ हाईल्याण्ड फर्ममा काम गर्न गएका दुवाडी मेनपावरले भने जस्तो नभएपछि फर्म छोडी कार, मोटर साईकल ग्यारेजमा काम गर्न पुगेका थिए । दुवाडीले केहि दिन पहिला मात्र मोटर साईकल किने तरे बिलबुक लिन नपाउँदै त्यहि मोटर साईकलले दुवाडीको ज्यान लियो ।
दुईवर्ष अहि मलेसिया आएका दुवाडीले गत वर्ष श्रीमतीलाई समेत रोजगारीका लागि लिएर गएका थिए । श्रीमती अहिले पनि मलेसियामा नै कर्यरत छिन् ।