ग्रामिण यातायतले स्वस्थप्रतिस्पर्धा गरेको पायौं- प्र.जि.अ. काफ्ले

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २२, २०७२

cधादिङबेसी । धदिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले व्यवसायमा स्वस्थ प्रतिस्पर्धा अनिवार्य रहेको बताउँदै यातायातमा ग्रामिण यतायातले पनि यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गरि रहेको आफुले पाएके बताउनु भएको छ ।
ग्रामीण यातायात सहकारी संस्था लिमिटेडले धादिङबेसीमा आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफ्ले सो कुरा बताउनुभएको हो ।
ग्रामीण यातायात सहकारी संस्था लिका अध्यक्ष चक्रबहादुर भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफ्ले सहित धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सविन प्रधानलाई समेत स्वागत गरिएको थियो ।
स्वागत कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी काफ्लेले सहकारी संस्थाले प्रभावकारी सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो ।
कार्यंक्रममा प्रहरी नायव उपरीक्षक सविन प्रधानले यातायात संचालनमा केही समस्या आउँदा त्यसको समाधान गर्न प्रहरी प्रशासन तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका महासचिव हरिकुमार श्रेष्ठले ग्रामीण यातायात सहकारी संस्थाले गरेको संस्थागत गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो भने यातायात व्यवासायीहरुले यातायातको क्षेत्रमा प्रशासन गम्भीर भएर जानुपर्ने सुझव राखेका थिए ।