विकासका लागि आफ्नो तर्फबाट कुकै कसर बाँकी राख्दिन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २०, २०७२

harधादिङवेसी । धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले धादिङको उन्नती र विकासका लागि आफ्नो तर्फबाट कुकै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
धादिङ उद्योग वाािण्ज्य संघ धादिङले संघको सभाहलमा आयोजित प्रमुख जिल्ला अधिकारी काफ्ले र स्थानीय विकास अधिकारी भगवान अर्याललाई गरेको स्वागत तथा परिचयात्मककार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष अधिकारीले प्रमुख जिल्ला अधिकारी काफ्ले र स्थानीय विकास अधिकारी अर्यालको स्वागत गर्नुभएको थियो ।
स्वागतपछि मन्तव्य राख्नुहुँदै प्रमुख जिल्ला अधिकारी काफ्लेले भूकमप पछि पीडितहरुको समस्या सम्बोधनमा चुनौती रहेकोले त्यस समस्या समाधानको लागी आफू प्रतिवद्ध भएर लागेको बताउनुभयो ।
सरकारले पठाएको प्रतिनिधि भएकोले स्गानीय जनताको सिेवा गर्नु नै मेरो पहिलो दायीत्व हो सकेसम्म धेरै काम गर्छु उहाँले भन्नुभयो ।
पछिल्लो समय भैरहेको भारतीयहरुको नाकाबन्दीको प्रसंगमा उहाँले भारतीय नाकाबन्दीबाट निस्केको समस्या आफ्नो तहबाट समाधान नहुने समेत उल्लेख गर्नुभयो ।
भारतीय नाकाबन्दी ठूला नेता र द्धि देश विचको कुटनीतिक तरिकाले समाधान गर्ने हो उहाँको भनाई थियो । सो क्रममा स्थानीय विकास भगवान अर्यालले नीजि क्षेत्र विकास निर्माणको प्रमुख अंग भएको कारण सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
असल सहयात्री र साझेदार निकाय नीजि क्षेत्रसंग सहकाय गरेर जानुपर्छ स्थानीय प्रकृतिकजन्य उत्पादन प्रवद्र्धनका लागि धादिङ उद्योग वाणिजय संघ संगछलफल गरेर जान आफू तयार भएको उल्लेख गर्नुभयो । सो क्रममा धादिङ उद्योग वाणिजय संघका निवर्तमान अध्यक्ष प्रभातकीरण सुवेदी, पूर्व अध्यक्ष कृवणकुमार श्रेष्ठ, ध्रुबबहादुर थापा लगायतले जिल्लाका व्यवसायीहरुको समस्या प्रजिअसामु राख्दै यथासिघ्र समाधानका लागि आग्रह गरेका थिए । फोटो- इश्वर धरेल