काठमाडौं । बाबुराम भट्टराईका निकट भनेर भनिदै आएक एमाओवादी नेता, उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले बाबुराम भट्टराईको नयाँ शक्तिको अभियान सफल नहुने बताउनु भएको छ।
बुधबार रिपोर्टस क्लबमा बोल्दै रायमाझीले अहिलेको अवस्थामा नयाँ शक्तिको औचित्य नै नभएकोले त्यस्तो शक्ति बन्ने आधार र सम्भावना नभएका बताउनु भएको हो ।
“नयाँ शक्ति हावामा निर्माण हुन सक्दैन, बाबुरामले पार्टी छाडेर जाँदैमा नयाँ शक्ति बन्दैन । अहिलेकै एमाओवादीलाई तत्कालिन राजनीतिक अवस्थाको विश्लेषणका आधारमा रुपान्तरित र पुनर्गठित गरेर नयाँ शक्तिसहितको पार्टी बनाउनुपर्नेमा उहाँकोको जोड थियो । नयाँ शक्ति निर्माणको अभियानमा र प्रधानमन्त्री निर्वाचानको समयमा पार्टीबाट सभासदहरुलाई किन्न खोजेको संकेत समेत रायमाझीे गर्नु भयो ।