धादिङबेसी आएको १ सय १० ग्यास सिलिण्डर खोई ?

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १८, २०७२

OLYMPUS DIGITAL CAMERA धादिङबेसी १८ कार्तिक । धादिङबेसीमा आज बिहान श्रीकृष्ण नामको २ सय २० सिलिण्डर बितरण गरिएको छ । हिजो बेलुका बेनिघाट स्थित श्रीकृष्ण ग्यास डिपोबाट धादिङबेसी आएको ३ सय ३० सिलिण्डरमा आज बिहान २ सय २० सिलिण्डर मात्र सर्वसाधारणलाई वितरण भए पछि बाकी १सय १० सिलिण्डर कता हरायो सर्वसाधरणले गुनासो गरेका छन् ।
श्रीकृष्ण ग्यास डिपो बिशालटारले गए राति हरियो डि आई (फोर ह्वल) र सानो मिन ट्रकमा ३ सय ३० वाटा ग्यास सिलिण्डर धादिङबेसीमा वितरणको लागि पठाएको थियो । तर वितरणको लागि २ सया २० वटा सिलिण्डर मात्र रहेको जिल्ला प्रहरी कार्यालय धादिङका इनिस्पेक्टर हरि पौडेलले बताउनु भयो ।
OLYMPUS DIGITAL CAMERAग्यास लुकाईएको विषयमा धादिङका श्रीकृष्ण ग्यास डिलरका शरणकुमार श्रेष्ठलाई पटक -पटक सम्पर्क गर्दा फोन उठाउनु भएन । ग्यास डिपो बेनिघाट विशालटार बाट धादिङबेसी आईपुगेको ३३० सिलिण्डरमा किन २ सय २० सिलिण्ड बाँडियो सर्वसाधारणले चासो व्यक्त गरे ।
आएको ३ सय ३० श्रीकृष्णको ग्यास पनि धादिङबेसीका लागि पूर्ण हैन यहाँ १४ सयको हाराहारीमा यस ग्याँसका ग्राहकहरु छन् । यसमा पनि १सय १० वटा सिलिण्डर लुकाईएको छ ।
OLYMPUS DIGITAL CAMERA