बाबुराम १५ जनामा चित्त बुझाउदै

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १७, २०७२

Baburam_Bhattaraiकाठमाडौं । पार्टीमा बसेर पार्टी निति नमान्नेहरुलाई कार्वाहीको माग बढि रहेको बेला भट्टराई समर्थकहरुलाई गारो परि रहेको थियो । बाबुराम एमाओवादी परित्याग गरे सँगै अन्यौलमा परेका केन्द्रिय सदस्यहरुलाई अन्ततः बाबुरामले सँगै आउन आग्रह गरेका तर मात्र १५ जना केन्द्रिय सदस्यलाई ।
एमाओवादीमा १५१ केन्द्रिय सदस्य रहेकोमा पोष्ट बहादुर बोगटीको निधन, भट्टराईले पार्टी परित्याग गरेपश्भात १४९ जनाको केन्द्रिय समिति छ ।
१४९ मध्य भट्टराईको पक्षमा २९ जना केन्द्रिय सदस्य थिए । तर भट्टराईले पार्टी परित्याग गरेपश्चात त्यो अवस्था अहिले एमाओवादीमा नरहेको एमाओवादीका कार्यालय सचिव हितराज पाण्डेले बताए । पाण्डे भट्टराईको गृहजिल्ला गोरखाका हुन् । उनी भट्टराईको अवस्था दयनिय भएको बताउँछन् ।

२९ केन्द्रिय सदस्यमध्य टोप बहादुर रायमाझी, खगराज भट्ट र देवराज रेग्मीले भट्टराईलाई साथ नदिएपछि २६ जना केन्द्रिय सदस्य बाँकी रहन्छन् । सो मध्य झण्डै १५ जना केन्द्रिय सदस्यबाहेक अन्य सदस्यहरु मौन बसेका छन् ।