कम्यूनिष्ट आन्दोलनको नेतृत्व एमाओवादीले गर्छ – भण्डारी

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १७, २०७२

fffधादिङ बेनिघाट । अब एनेकपा माओवादी सुदृढ र संगठित पार्टी बन्ने एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भएको छ । एमाओवादी बेनीघाट गाउँपार्टीले तिहारको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भण्डारीले संविधान जारी गर्न अन्यदल सँग सहमति गर्न न्यूनतम लकचता अपनाएकोले संगठन कमजोर देखिएको स्वीकार्दै अब सुदृढ संगठन तर्फ लाग्ने बताउनु भएको हो ।
उहाँले नयाँ शक्तिको नाम दिँदै बाबुराम भट्राई कम्यूनिष्ट आन्दोलनबाटै भगेको बताउँदै नेपालको कम्यूनिष्ट आन्दोलनको नेतृत्व एमाओवादीले नै गर्ने बताउनु भएको छ ।
बेनिघाटका पार्टी कार्यकर्ता सुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा एमाओवादी धादिङका सचिव विजय बुर्लाकोटी, सह सचिव मनराज भण्डारी, जिल्ला सचिवालय सदस्य विवेक, जिल्ला समिति सदस्यहरु धुर्व सुवेदी अरुण, दिपक लामिछाने सुवोध, वाईसियल धादिङका अध्यक्ष मिलन लगायतको आतिथ्यता रहेको थियो ।