एक्सन नेपाल धादिंगले गर्यो हाजीरीजवाफ प्रतियोगिता

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १३, २०७२

1धादिङ । मुरलीभन्ज्यांग अन्तर्गत गठित विभिन्न युवा क्लब हरुको संयुक्त आयोजना मा आज छुट्टा छुट्टै बिद्यालय मा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ न,पा.वडा न.१० चनडेश्वरि उच्य मा.बि . मा पनि आजै मा. बि तथा उच्य मा.बि स्तरिय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ ।
७ समूह मा विभाजित समूहहरुको प्रतिष्पर्धामा पृथ्बी समूह प्रथम, ब्रीहस्पति समूह दितिय बुध समूह तृतीय र शनि, अरुण, मंगल, र शुक्र समूह क्रमस सान्त्वना भएका थिए ।

3त्यस्तै गतिशील युवा क्लब गोलाभंज्यांग र एक्सन नेपाल को संयुक्त आयोजना मा गोलाभंज्यांग प्राथमिक बिद्यालयमा प्राबि स्तरिय हाजिरीजवाफ सम्पन्न भएको हो एक्सन नेपालका प्राविधिक संयोजक सुबाश खातिवडाद्वारा संचालित उक्त कार्यक्रममा क्लब का अधक्ष्य बिशाल शाक्यको अध्यक्ष्यता तथा बिद्यालयका प्र.अ. बिश्नुमान शाक्य को प्रमुख आथिथ्यता रहेको थियो ।
५ समूह मा बिभाजित प्रतिस्पर्धी मध्ये समूह डी प्रथम, समूह बि दितिय, समूह सी तृतीय र समूह ए र इ क्रमस सान्तोना भएका थिए ।