दुई छुट्टा छुटटै बम बिस्फोटनमा परी कम्तिमा ४२ को मृत्यू

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ७, २०७२

naijeriaएजेन्सी कात्तिक ७ । नाइजेरियामा भएका दुई छुट्टा छुटटै बम बिस्फोटनमा परी कम्तिमा ४२ जनाको ज्यान गएको छ । उत्तरपूर्वी नाइजेरियाको योला र मैदुगुरी शहरमा भएका दुई छुट्टा छुट्टै बम बिस्फोटनमा परी एक सय भन्दा बढी मानिस घाइते भएका छन् ।

योला शहरमा नयाँ बनेको मस्जिदलाई लक्षित गरी भएको आत्मघाती बम बिस्फोनमा कम्तिमा २७ जनाको ज्यान गएको छ । यस्तै त्यसभन्दा अघि मैदुगरीमा भएको आत्मघाती बम आक्रमणमा परी १५ जनाको ज्यान गएको छ । बिस्फोटनको जिम्मेवारी अहिलेसम्म कुनै पनि समुहले लिएको छैन ।