गजल

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २, २०७२

हिजो साँझ भट्टीमा धोक्नु धोकिएछ
शुभ/अशुभ अङ्ग्रेजी घोक्नु घोकिएछ

गिल्मिरी र लोकल ठररा ककटेल बनाएर
मीठो मान्दै बुढिभैँसी टोक्नु टोकिएछ

नशा बढ्दै जाँदा जेब रित्तै हुँदा
होटेलवाली साहुनिको मोल तोक्नु तोकिएछ

मध्यरातमा एमालेचोक आफ्नो किल्ला भन्दै
ड्युटी भाको प्रहरीलाई ठोक्नु ठोकिएछ

आज बिहानै बुढिले कराएसी थाह भो
टाउको समाइ ट्वाइलेटभित्र खोक्नु खोकिएछ।

suresh aryal
-सुरेश अर्याल,धादिङ