अमेरिका जाने डिभी चिठ्ठा खुल्यो

Avatar photo
Dhadingpost
बुधबार, अशोज २७, २०७२

amerika logoअमेरिकाको स्थायी नागरिक भएर जाने सबभन्दा सहज प्रक्रिया अमेरिकी डिभी चिठ्ठा २०१७ को बिहीबारदेखि खुला भएको छ । डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि नोभेम्बर ३ तारिखसम्म सम्म रहने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख छ ।
आवेदन नि:शुल्क रुपमा गर्न सक्ने र त्यसको लागी वेबसाइटमा गए हुने समेत उल्लेख गरेको छ । कुनै कन्सलटेन्सी वा कतै गएर भर्नुभन्दा आफैंले भर्न प्रोत्साहन गर्दै उक्त चिठ्ठामा अरुको सहयोग लिएर भरेपनि सबै जिम्मवार डिभी जसको नाममा भरिन्छ उसैको हुने समेत उल्लेख छ ।
अमेरिकी वेवसाइट डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जीओभीमा गएर भर्न सकिने समेत उल्लेख गरेको छ । डीभी भर्दा आफ्ना २१ बर्ष भन्दा मुनीका सबै सन्तानको विबरण उल्लेख गर्नपर्ने समेत जनाएको छ । डीभी चिठ्ठामा छानिदैमा भिसा पाउने निश्चित नहुने पनि दूतावासले स्पष्ट पारेको छ ।